News Category 2074/07/02
बालक बेपत्तामा आफ्नो कुनै संलग्नता नरहेको दावी
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
राजविराज ८ निवासी २४ वर्षिय राहुल यादवले बालक बेपत्ता भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेका स्पष्ट पारेका छन् ।ष्स्
बुधबार नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा पत्रकार सम्मेलनको आयोजना गरि उनले सो कुरा स्पष्ट पारेका हुन् ।
राजविराजस्थित सडक विभाग कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रामेश्वर यादवका ११ वर्षिय छोरा महेश विगत २३ दिनदेखि बेपत्ता छन् । उनी गत असोज ९ गते विहानदेखि बेपत्ता भएका हुन । उनको अवस्था अभैm अज्ञात छ ।
महेशका आफन्तले अघिल्लो दिन पत्रकार सम्मेलनको आयोजना गरी महेश बेपत्ता हुनुमा राहुलको संलग्नता हुन सक्ने आशंका ब्यक्त गर्दै अनुसन्धानका लागि प्रहरीले पव्रmाउ गर्नुपर्ने माग गरे पछि बुधबार वडा अध्यक्ष र वडा सदस्य सहित पत्रकार सम्मेलन गरेका राहुलले बालक महेशको बेपत्ता हुनुमा आफ्नो संलग्नता देखाएर चरित्र हत्या गर्न खोजेको अरोप समेत लगाए ।
पत्रकार सम्मेलनमा उपस्थित सोही वडाका अध्यक्ष जयनारायण मण्डलले राहुलको चरित्र र ब्यवहारबारे आफुहरु पूर्ण जानकार रहेको जनाउँदै बालक अपहरण जस्तो घृणित काममा उनको कुनै पनि रुपमा उपस्थिति र संलग्नता हुनै नसक्ने दावी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ