News Category 2074/07/02
कैलालीका थारु नेताहरु राजपामा प्रवेश लेखी सप्तरीबाट प्रतिनिधिसभाका लागि लड्दै
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
कैलाली जिल्लामा थरुहट आन्दोलनको बेला घटेको टिकापुर घटनाको आरोपित भनिएकाहरुलाई राज्यले झुठो मुद्दा लगाएर जेल जीवन बिताउन बाध्य पारिएका थारु युवा नेता लक्ष्मण थारु, राम प्रसाद थारु लगायतको नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा प्रवेश गरेका छन् ।
बिगत अढाइ बर्षदेखि राज्यद्वारा पीडित झुठो मुद्दा खेपी रहेका जेलबन्दी लक्षमण थारू, राम प्रसाद थारु, अरुण चौधरी, लगायत थरुहट तराई पार्टीका र लोकतान्त्रिक फोरम लगायतको विभिन्न पार्टी परित्याग गरि तीनदेखि पाँच सय जना नेता कार्यकर्ताहरु राजपा नेपालमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टी प्रवेश गराउनुभएको राजपा नेपाल कैलाली जिल्ला संयोजक जयदेव चौधरीले जानकारी दिनुभएको छ ।
यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन् ।
पार्टीले थारु नेता लेखीलाई प्रतिनिधि सभाको टिकट सुनिश्चित गरेको लेखीले बताउनुभयो । राजनीति सुरु गरेको ३४ वर्षपछि लेखीले पहिलोपटक संसदीय चुनावमा भिड्न लागेका हुन् ।
नेकपा एमालेबाट राजनीतिक करियर सुरु गरेका उहाँ थारु कल्याणकारिणी सभाको महामन्त्री, आदिवासी जनजाति महासंघका अध्यक्ष र आफ्नै नेतृत्वको दुई वटा पार्टीको नेतृत्व गरिसक्नु भएको छ ।
लेखीले नागरिक समाजवादी पार्टीलाई राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीसँग एकीकरण गर्नुभएको थियो । त्यसपछि ६ पार्टी एकीकरण भई राजपा नेपाल गठन भएको थियो ।
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल समेत भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ