News Category 2070/03/02
सप्तरी सरसफाई सम्मेलन शुरु
राजविराज÷राजविराजमा शनिबारदेखि सप्तरी सरसफाई सम्मेलन शुरु भएको छ ।
सम्मेलनको शनिबार जिल्ला विकास समिति सप्तरीको सभाहलभित्र एक कार्यक्रमकाबीच राष्ट्रिय सरसफाई निर्देशन समितिका अध्यक्ष तथा शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सरसफाईको अभावमा बिरामी बढिरहेको भन्दै सबैले शौचालय बनाएर प्रयोग गर्नुपर्नेमा जोड् दिनुभयो ।
सरकारको लक्ष्य आगामी सन् २०१७ सम्म मुलुकको हरेक घरमा शौचालय बनाउने लक्ष्य लिएको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड् दिनुभयो । शौचालयमा दिशापिसाव गरेर वातावरणलाई स्वच्छ राखिए व्यक्ति स्वस्थ्य रहने बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा फोहोरमैला व्यवस्थापनका विविध पक्ष, सरसफाई गुरुयोजना २०६८ को नीतिगत प्रावधान तथा कार्यान्वयनको अवस्था, स्थानीय निकायको अगुवाईमा सरसफाई अभियान, खुल्ला दिशामुक्त अभियानमा राजनीतिक दलको योदानका सम्भावनाहरुसहितका बिषयमा प्रस्तुतिकरण गरिनेछ ।
मोरंग जिल्लालाई खुला दिशामुक्त क्षेत्र बनाउन गरिएको प्रयासका दृष्टान्तहरु समेत प्रस्तुत गरिएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रिय सरसफाई समन्वय समितिका सदस्य तथा संघिय मामिला तथा स्थानीय जिकास मन्त्रालयका उप सचिव रमेश अधिकारी, खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई इकाई प्रमुख रामचन्द्र साह, यूनिसेफ केन्द्रका नमस्तेलाल श्रेष्ठ, खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सल्लाहकार तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटासहितका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभयो ।
सम्मेलनमा सप्तरीको १ सय १४ वटै गाविसका सचिव, राजनीतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कर्मचारीहरु, संचारकर्मीहरुसहितको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ