News Category 2070/08/13
सबै महिला उम्मेदवारहरुको जमानत जफत
दैनिक संवाददाता
राजविराज, १२ मंसिर ।
यही मंसीर ४ गते भएको संबिधानसभा निर्वाचनमा सप्तरीमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका सबै महिला उम्मेदवारको जमानत जफत भएको छ ।
चुनावी मैदानमा उत्रिएका २२ जना महिला उम्मेदवारहरु मध्ये कसैले पनि सदर मतको १० प्रतिशतसम्म मत ल्याउन नसकेपछि उहाँहरु सबैको जमानत रकम रु. ३००० जफत भएको हो ।
निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी लक्ष्मी गिरी, नेपाल सद्भावना पार्टीकी गिता गुप्ता रौनियार र थरुहट तराई पार्टी नेपालकी कल्पना चौधरीको जमानत रकम जफत भएको छ ।
यस्तै सप्तरी क्षेत्र नम्बर २ बाट तराई मधेश सद्भावना पार्टीकी कवितादेवी प्रमाणील, संघीय समाजवादी पार्टीकी ममता साह र नेकपा माले समाजवादीकी फुलियादेवी मुखियाको पनि जमानत जोगिन सकेन् ।
त्यस्तै क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी साह, मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी बिन्दुकुमारी यादव, थरुहट तराई पार्टी नेपाली आशादेवी थरुनी, दलित जनजाती पार्टीकी लुटनी देवी सदा, लोक दलकी बिणादेवी महतो, नेपाली जनता दलकी रामसुन्दरी देवी यादव तथा राष्ट्रिय जनता दलकी रमिलादेवी साहको पनि जमानत जफत भएको छ ।
यस्तै क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नु भएकी मधेशी जनअधिकार फोरम नेपालकी केन्द्रीय कोषाध्यक्ष तथा पुर्वमन्त्री रेणुकुमारी यादवको पनि जमानत बच्न सकेन् । अघिल्लो संबिधानसभा निर्वाचनमा सो क्षेत्रबाट यादव बिजयी हुनुभएको थियो ।
यस्तै सोही क्षेत्रकी तराई मधेश लोकतान्त्रिक पार्टीकी पुष्पा ठाकुर, राप्रापाकी ललिता कुमारी यादव, तथा समाजवादी जनता पार्टीकी उषादेवी माझीको पनि जमानत जफत भएको छ ।
यस्तै क्षेत्र नम्बर ५ बाट एकिकृत नेकपा माओवादीकी केन्द्रीय सदस्य सरस्वती कुमारी चौधरीको पनि जमानत जफत भएको छ ।
सोही क्षेत्रकी मधेशी जनअधिकार फोरम गणतान्त्रिककी उम्मेदवार माधुरी कुमारी साह, नेपाल मजदुर किसन पार्टीकी प्रमिलादेवी खंग तथा स्वतन्त्र सोनी कुमारी साहको पनि जमानत जफत भएको छ ।
यस्तै क्षेत्र नम्बर ६ मा एक मात्र महिला उम्मेदवार रहनुभएकी सद्भावना पार्टीकी ललितादेवी लता यादवको पनि जमानत जफत भएको छ ।
आधाभन्दा बढी मतदाता महिला रहे पनि संविधानसभा निर्वाचनमा यहाँका महिला उम्मेदवारहरुले जमानत जोगाउन नसक्नु दुखद भएको स्थानियहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ