News Category 2074/07/06
भारतीय व्यापारीसँग तीन करोड फिरौती माँग गर्ने तीन अपहरणकारी हतियारसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
भारतीय एक व्यापारीलाई अपहरण गरि तीन करोड फिरौती रकम माँग गर्ने अपहरणकारीको योजना सप्तरी प्रहरीले विफल पारेको छ । करिब एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई सप्तरी प्रहरीले जिल्लाको कञ्चनरुप नगरपालिकाबाट सकुशल मुक्त गराएपछि उनीहरुको योजना विफल भएको हो ।
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पंचायत १० घर भएका कपडा व्यापारी अमित कुमार शारदालाई प्रहरीले जिल्लाको कंचनरुप नगरपालिका ८ बाट सकुशल मुक्त गराउँदै उनको अपहरणमा संलग्न रहेको आरोपमा तीन जनालाई हतियारसहित पक्राउ समेत गरेको छ ।
सप्तरीको कञ्चनरुप ४ निवासी २८ बर्षीय अम्बरनाथ विश्वास, सो नगरपालिका ६ निवासी शैलेन्द्र कुमार गुप्ता र वडा नम्बर ७ निवासी पशुपति भनिने पुष्कर महतोलाई दुई थान नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय सेन्ट्रो कारको समेत बरामद भएको सप्तरीका प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।
यता अपहरणकारीहरुले अपहरण गरेका भारतीय व्यापारी शारदासँग तीन करोड फिरौती माँग गर्ने र २ करोडसम्मा डिल फाइनल गरेर रकम बाँडफाँड गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो ।
यसअघि ताकेदामा आएका ३३ बर्षीय व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका ८ स्थित व्यस्त सडकबाटै अपहरण भएका थिए । बस समात्न बसपार्कतिर गइरहेको अवस्थामा अपहरणमा परेका उनलाई भारतीय नम्बर प्लेटको गाडीमा अपहरण गरेर कंचनरुप नगरपालिकाकै वडा नम्बर १२ स्थित अम्बरबहादुर मगरको घरमा लुकाएर राखिएको प्रहरीले जनाएको छ ।
शारदा वेपत्ता भएको सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले व्यापारी शारदालाई मगरको घरबाट मुक्त गराउन सफल भएको सिंहले बताउनुभयो । पक्राउ परेकाहरु बिरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ