News Category 2074/07/09
सप्तरीको बरसाइनवासी आइरन युक्त पानी पिउन बाध्य
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ । जसकारण स्थानियहरु आइरन युक्त खानेपानी पिउन बाधय भएका छन् ।
बोदेवरसाइन नगरपालिका बरसाइन बजारमा बिगत लामो समयदेखि खानेपानीको अभाव रहेको छ । सो नगर लगायत आसपास क्षेत्रमा रहेको अधिकांस गाउँ घरमा खाने पानी ट्युवेलमा आइरनयुक्त पानी आउने गरेकोले शुद्ध तथा उचित पानी खानबाट बञ्चित भएको स्थानीय बिरेन्द्र साहले बताउनुभयो ।
त्यहाँ रहेका अधिकांश टुवेलमा पानी आइरन भएकाले सो पानीबाट लुगाधुदा सेतो लुगा रातो र खेरौ जस्तो हुने गरेको साहले गुनासो गर्नुभयो ।
साथै आइरन भएको पानीले भाडाबर्तन मस्काउँदा पनि रातो हुने गरेको बताउदै दात माभ्mदा दात खराव हुने र नुहाउँदा कपाल पाक्ने जस्ता समस्याबाट स्थानियहरु पीडित समेत रहेको उहाँले भन्नुभयो । खाने पानीको उचित ब्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत ट्युवेलमा आइरनयुक्त पानी आउने गरेकोले शुद्ध पानी खान समस्या भएको साहको भनाई रहेको छ ।
जोगीया, बराहा, सारश्रवर, नेङ्गडा, धनगढी, काचन, देउरी, फुलकाही, खडकपुर, मानराजा र लालपुर लगायत दर्जनौ स्थानमा ट्यूवेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट आफुहरु बञ्चित भएको जोगीया निवासी रोशन यादवले गुनासो गर्नुभयो ।
सो क्षेत्रमा खानेपानीको हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीहरुबाट गुनासो पाइएको छ ।
यसैबिच जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिटै काम सुरु हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ