News Category 2074/07/09
सप्तरीको बरसाइनवासी आइरन युक्त पानी पिउन बाध्य
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ । जसकारण स्थानियहरु आइरन युक्त खानेपानी पिउन बाधय भएका छन् ।
बोदेवरसाइन नगरपालिका बरसाइन बजारमा बिगत लामो समयदेखि खानेपानीको अभाव रहेको छ । सो नगर लगायत आसपास क्षेत्रमा रहेको अधिकांस गाउँ घरमा खाने पानी ट्युवेलमा आइरनयुक्त पानी आउने गरेकोले शुद्ध तथा उचित पानी खानबाट बञ्चित भएको स्थानीय बिरेन्द्र साहले बताउनुभयो ।
त्यहाँ रहेका अधिकांश टुवेलमा पानी आइरन भएकाले सो पानीबाट लुगाधुदा सेतो लुगा रातो र खेरौ जस्तो हुने गरेको साहले गुनासो गर्नुभयो ।
साथै आइरन भएको पानीले भाडाबर्तन मस्काउँदा पनि रातो हुने गरेको बताउदै दात माभ्mदा दात खराव हुने र नुहाउँदा कपाल पाक्ने जस्ता समस्याबाट स्थानियहरु पीडित समेत रहेको उहाँले भन्नुभयो । खाने पानीको उचित ब्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत ट्युवेलमा आइरनयुक्त पानी आउने गरेकोले शुद्ध पानी खान समस्या भएको साहको भनाई रहेको छ ।
जोगीया, बराहा, सारश्रवर, नेङ्गडा, धनगढी, काचन, देउरी, फुलकाही, खडकपुर, मानराजा र लालपुर लगायत दर्जनौ स्थानमा ट्यूवेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट आफुहरु बञ्चित भएको जोगीया निवासी रोशन यादवले गुनासो गर्नुभयो ।
सो क्षेत्रमा खानेपानीको हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीहरुबाट गुनासो पाइएको छ ।
यसैबिच जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिटै काम सुरु हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ