News Category 2070/08/14
सप्तरीमा समानुपातिकमा का“ग्रेस पहिलो, दोश्रो फोरम नेपाल
दैनिक संवाददाता
राजविराज, १३ मंसिर ।
संविधानसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अनुसार सप्तरीमा नेपाली काँग्रेस पहिलो भएको छ ।
बुधबार राती सम्पन्न मतगणना अनुसार सप्तरीको ६ वटा क्षेत्र मध्ये प्रत्यक्षतर्फ दुई वटा क्षेत्रमा बिजयी हासिल गरेको नेपाली काँग्रेसले समानुपातिकतर्फको मतमा पनि सबैलाई पछि पारेको छ ।
समानुपातिकतर्फको मतगणनामा पहिलो भएको काँग्रेसले ६ वटै क्षेत्रबाट गरी २५ हजार मत ल्याएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रत्यक्षतर्फ सप्तरीको एउटा पनि क्षेत्रमा बिजयी हासिल गर्न नसकेको मधेशी जनअधिकार फोरम नेपाल भने समानुपातिकतर्फ दोश्रो स्थानमा देखिएको छ । फोरम नेपालले ६ वटै क्षेत्रबाट गरी २४ हजार ५ सय ३४ मत ल्याएको छ ।
यस्तै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले २३ हजार ९ सय ५५ मत ल्याएको छ भने नेकपा (एमाले)ले २४ हजार १ सय ६ मत र एकीकृत नेकपा (माओवादी)ले २० हजार ६ सय ७४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
त्यस्तै सद्भावना पार्टीले १४ हजार १ सय १०, राप्रपा नेपालले ९ हजार ८ सय १, दलित जनाजाती पार्टीले ९ हजार ३ सय १३, तराई मधेश लोकतान्त्रिक पार्टीले ६ हजार ८ सय ९१, राप्रपाले ५ हजार ९ सय ९२, नेकपा संयुक्तले १ हजार ९ सय ८२, राष्ट्रिय मधेश समाजवादी पार्टीले ७ हजार ९ सय ६, नेपाली जनता दलले १ हजार १ सय ७, तराई मधेश सद्भावना पार्टीले १ हजार ५ सय ६३, नेकपा मालेले २ हजार ९ सय ७०, मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीले ३ हजार ४९, संघीय सद्भावना पार्टीले ९ सय ३१ र राष्ट्रिय जनमोर्चाले ५ सय १२ मत ल्याएको छ ।
समानुपातिकतर्फको मतगणनामा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रबाट गरी १ सय २२ दललाई मत परेको थियो ।
यता प्रत्यक्ष तर्फ सप्तरीको ६ क्षेत्र मध्ये १, २ र ३ मा एमाओवादी, क्षेत्र नं. ५ र ६ मा नेपाली काँग्रेस र क्षेत्र नं. ४ मा नेकपा एमाले बिजयी भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ