News Category 2074/07/09
छठपर्वका लागि पोखरी सरसफाई गरी पूजाघाट सजाउँदै
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
दशमी, दीपावली र भाइटिका सकिए लग्तै छठपर्व सुरु भएपछि सप्तरीको राजविराजसहित जिल्लाको बिभिन्न ताल तलाउ, खोला र नदीहरुमा बुधबार सरसफाई गर्दै पूजाघाट बनाउने कार्य तिव्र रुपमा सुरु भएको छ ।
हर्षोल्लासका साथ छठ पर्व मनाउनको लागि भक्तजनहरुले सप्तरीको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउनका लागी बिहानेदेखि सरसफाईमा जुटेका छन ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा बर्षौदेखि थुपारीएको फोहोरहरुलाई सफा गरि आज अस्ताउदो सुर्यको अर्घ दिनको लागि बिहानैदेखि घाटको सरसफाई एवम घाट निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज ३ निवासी बिजय रजकले बताउनुभयो ।
यहाँ सफा गरिएको पोखरीहरुमा कागज, केराको थम र अशोक पात तथा बिद्युतीय बत्तिबाट सजाउने कार्य समेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरी र सुनसरीको सिमानामा रहेको भारदहस्थित सप्तकोशी ब्यारेजमा पनि बिहानैदेखि सफाई तथा सजाउने कार्य भइरहेको स्थानिय बिरेन्द्र प्रमाणीले जानकारी दिनुभयो ।
यहाँ खास गरि भारतको सुपौल जिल्लाको बिरपुर भिमनगर लगायत बिभिन्न शहरका ब्यक्तिहरु छठ पर्व प्रत्येक बर्ष मनाउनको लागि आउने गरेको बताइउको छ ।
यस्तै ग्रामीण क्षेत्रका जलाशयहरुमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलको रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएको स्थानियले जनाएका छन् ।
परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको कामनाका लागि मनाइने यो छठपर्व यस वर्ष भोली साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ