News Category 2074/07/12
एकै परिवारका पाँच र ससुरालीका तीन गरि आठको मृत्यु, चार छोरीहरु पनि दुर्घटनामा परे
राजविराज÷छठ पर्व मनाएर आफ्नो जन्म थलो छाडेर कर्मथलो तर्फ प्रस्थान गरेका सप्तरीका एकै परिवारका पाँच जनाको अकालमै मृत्यु भएपछि अहिले परिवारजन शोकाकुल छन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका पण्डित रमानाथ झाका छोरा संजित कुमार झासहित उनका सम्पूर्ण परिवारको शनिबार बिहान बस दुर्घटनामा दुःखद निधन भएको छ ।
उनीसँग उनकी श्रीमती सिम्मि कुमारी झा, छोरा अभिनव झा, छोरी प्रतिक, उनका भाई अन्जित झा, सालो आदित झ, साली पुजा झा र सासु समेतको सोही दुर्घटनामा निधन भएको छ ।
एकै परिवारको पाँच र सुसुराली पक्षका तीन जनाको निधन भएकोप्रति सिंगो तिलाठीवासी अहिले शोकाकुल भएका छन् ।
संजित झा नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहका कर्मचारी थिए । उनी सप्तरीको कंचनरुप नगरपालिकास्थित नेपाल बैंकको कंचनपुर शाखामा कार्यवाहक प्रमुख समेत भएर कार्य गरेका थिए ।
यस्तै सप्तरीकै अर्काे बोदे बर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीको परिवारमा पनि यो बस दुर्घटनाको खबरले मर्माहत बनाएको छ ।
काभ्रेमा शिक्षण पेशा गर्दै आएका प्रमाणीकी छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा सोही दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
छठ पर्व मनानउ आएका प्रमाणीले छोरीहरुलाई बसमा चढाएर आफू र पत्नी मोटरसाइकलमा जाने सोच बनाएका थिए तर सो घटनाको खबर आएपछि अहिले उनी शाकेमा डुबेका छन् ।
यस्तै दुर्घटनामा मृत्यु भएका बेल्ही चपेना गाउँपालिका ३ नर्घाेका रमानन्द यादव पनि काठमाडौंमा अध्ययन गर्दै आएका थिए । दुर्घटनामा मृत्यु हुनेमा अधिकांश काठमाडौंमा अध्ययन गर्ने र काम गर्नेहरु छन् । जिल्लाका एक दर्जन व्यक्तिले ज्यान गुमाएपछि सप्तरी शोकमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ