News Category 2074/07/14
उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै दुर्घटनामा १८ को मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी सोमबार १८ को मृत्यु भएको छ ।
उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ३४०४ नम्वरको सुमो दुर्घटना हुँदा ९ जनाको घट्नास्थलमै मृत्यु भएको तथा दुई जना गम्भिर घाइते भएका छन ।
कटारीबाट ओखलढुँगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ ठाँटीको भीरबाट ५ सय मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ८ पुरुष रहेका छन भने एक महिला यात्रु छिन । ‘प्रहरीको टोलीले उद्धारको कार्य गरिरहेको छ ।
सोमबार दिउँसो १ बजे कटारी बाट छुटेको सुमो साढे २ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको खवर आएसँगै प्रहरी डेढघण्टापछि दुर्घटना स्थल पुगेको थियो ।
यस्तै गुल्मीको दरवार गाउंँपालिका ४ मा सोमबारै भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
बुटवलबाट तम्घास जांँदै गरेको बा. ख ५५०१ नम्बरको माइक्रोबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो गाडीमा सवार १५ मध्ये ९ को मृत्यु भएको तथा ६ जना घाईते भएको प्रहरीले जानकारी गराएको छ । निकै भीरमा गाडी खसेकाले मृतकको शब संकलनमा कठिनाई भएको उहाँले बताउनुभयो ।
यसअघि शनिबार मात्र राजविराजदेखी काठमाडौं जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ३१ जनाको मृत्यु भएको थियो भने तीन जना अझै वेपत्ता रहेका छन् । सो दुर्घटनामा २४ जना सप्तरीवासीकै मृत्यु भएको थियो । सोही दुर्घटना १६ जना घाइते समेत भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ