News Category 2070/08/14
अब “क्लिन” सप्तरी बनाउ“छौ ः एमाओवादी नेता यादव
दैनिक संवाददाता
राजविराज, १३ मंसिर ।
संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटा क्षेत्र मध्ये तीन वटा क्षेत्रमा बिजयी हासिल गरेको एकिकृत नेकपा माओवादीले बिहीवार राजविराजमा बिजयी जुलुश तथा कृतज्ञता समारोह आयोजना गरेको छ ।
एकिकृत नेकपा माओवादी सप्तरीको आयोजनामा भएको बिजयी जुलुशमा सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सभासद् अशोककुमार मण्डल (अमर) र सप्तरी क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित सभासद् उमेश कुमार यादव (अजय) को सहभागिता रहेको थियो ।
एकिकृत माओवादीको पार्टी कार्यालय अगाडीबाट निस्केको बिजयी जुलुशले जनआन्दोलन चौक, राममन्दिर, अदालतरोड हुँदै जनआन्दोलन चौकमा पुगेर कृतज्ञता समारोहमा परिणत भएको थियो ।
जनआन्दोलन चौकमा आयोजित कृतज्ञता समारोहमा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित सभासद् उमेश कुमार यादवले जनताको चाहना बमोजिमको संबिधान निर्माणसँगै सप्तरीलाई क्लिन जिल्लाको रुपमा बिकास गर्ने उद्घोष गर्नुभयो ।
आफुहरुले कुनै किसिमको भ्रष्टाचार नगर्ने उद्घोष गर्दै उहाँले हामीले कुनै किसिमको भ्रष्टाचार वा नातावाद कृपावाद नगर्ने बताउनुभयो ।
सो समारोहमा एमाओवादीका अर्का केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सभासद् अशोकुमार मण्डल (अमर) सहभागि भएपनि अस्वस्थताका कारण केही बोल्नुभएन् ।
सो क्रममा बिभिन्न संघ संगठन, नागरिक समाज, पेशाकर्मी लगायतले नवनिर्वाचित सभासद्हरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ