News Category 2074/07/15
सन् २०१७ भित्रै सप्तरीलाई खुला दिसामुक्त घोषणा गर्ने सर्वपक्षिय प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
सप्तरी जिल्लालाई सन् २०१७ भित्रै प्रदेश नं २ को पहिलो जिल्लाको खुला दिसा मुक्त जिल्ला बनाउने मंगलबार आयोजित एक कार्यक्रममा सहभागिहरुले प्रतिबद्धता जनाएका छन् ।
खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीको आयोजनामा आयोजित अन्तरक्रियामा सप्तरीका सम्पुर्ण गाँउपालिका तथा नगरपालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष एवं कार्यकारी अधिकृत तथा सरसफाइ क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीका निमित्त अध्यक्ष एवं निमित्त स्थानिय विकास अधिकारी मिलन दाहालको अध्यक्षतामा आयोजित अन्तरक्रियामा प्रमुख अतिथीको रुपमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे रहनु भएको थियो ।
सप्तरी जिल्लाका साविकका ९१ गाविस तथा पाँच नगरपालिका मध्ये हाल सम्म ५३ गाविस र एक नगरपालिका खुला दिसा मुक्त घोषणा भइसकेको छ भने अन्य गाविसहरुमा अभियान द्रुत गतिमा अघि वढिरहेको छ ।
कुल १ लाख १८ हजार ९ सय १७ घरधुरी रहेको यस जिल्लाका १ लाख ५ हजार १० घर परिवारले आ–आप्mनो घरमा चर्पी बनाइ सकेका छन भने बाँकि १३ हजार ९ सय ७ घरमा मात्रै चर्पी बाँकि रहेको छ ।
कार्यक्रममा अध्यक्ष तथा प्रमुख अतिथीले सम्पुर्ण नवनिर्वाचित नगरपालिका र गाँउपालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा कार्यकारी अधिकृतहरुलाई दोसल्ला, माला लगाएर सम्मान गर्नुभएको थियो ।
सोही कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंह, क्षेत्रीय खानेपानी डिभिजन कार्यालय धनकुटाका प्रमुख शंकर जयसवाल, खानेपानी ढल निकास विभागका समाजशास्त्री भोजेन्द्र अर्याल, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादव, युनिसेफ केन्द्रिय कार्यालयका होमनाथ आर्चाय, पत्रकार महासंघ सप्तरी शाखाका सभापति जितेन्द्र खड्गा, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी तथा सरसफाइमा काम गर्ने विभिन्न दातृ निकाय एवं स्थानिय संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ