News Category 2074/07/16
मुलुकमा परिवर्तन मधेश आन्दोलनबाटै भयो ः फोरम अध्यक्ष
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा परिवर्तन मधेश आन्दोलनबाटै भएको बताउनु भएको छ ।
बुधबार सप्तरी सदरम्ुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु हुँदै मधेश आन्दोलनकै कारण मूलुकमा गणतन्त्र स्थापना समेत भएको दाबी गर्नुभयो ।
उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिहरु समय समयमा गुम्ने खतरा भइरहँदा अब सो उपलब्धिहरुलाई संस्थागत गर्ने बेला आइसकेको जिकिर गर्नुभयो । अध्यक्ष यादवले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न एक मात्र विकल्प निर्वाचन नै रहेको बताउनुभयो । मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न पश्चात् आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुने दाबी समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले मुलुकमै मधेश आर्थिक, विकास तथा स्वास्थ्य क्षेत्रमा अत्यन्त पछाडी रहेकोले मधेशको परिवर्तनका लागि निर्वाचन पश्चात् मधेशमा आर्थिक क्रान्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मधेशी जनताको चाहना अनुरुप नै मधेशका दुई शक्ति फोरम र राजपा निर्वाचनमा एकताबद्ध भई लड्ने निधो गरेको उहाँले उल्लेख गर्दै दुई नं. प्रदेशमा अब फोरमको सरकार गठन हुने दाबी समेत गर्नुभयो ।
अबको दुई महिना पश्चात् २ नं. प्रदेश मधेश राज्यको जन्म हुन गइरहेको भन्दै अध्यक्ष यादवले यसका लागि सम्पूर्ण मधेशी जनताले फोरम राजपा गठबन्धनलाई जिताउन आग्रह समेत गर्नुभयो ।
सोही कार्यक्रममा बिजय गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक पार्टीका सप्तरीका अध्यक्ष एवं केन्द्रिय सदस्य शैलेश चौधरी लगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् । शैलेश चौधरी यसअघि राजविराज नगरपालिकाबाट फोरम लोकतान्त्रिकका तर्फबाट प्रमुख पदका उम्मेदवार थिए ।
सोही कार्यक्रममा जिल्लाका नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष यादवले सम्मान समेत गर्नुभएको थियो ।
अध्यक्ष यादव मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आज उम्मेदवारी दिदै हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ