News Category 2070/08/15
राष्ट्रपति, उपराष्ट्रपतिको नया“ निर्वाचन हुनुपर्छ ः कमल थापा
दैनिक संवाददाता
काठमाडौँ, १४ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्वाचनपछि पार्टी राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रुपमा स्थापित भएको तथ्यलाई आत्मसात गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई आग्रह गरेको छ ।
पार्टीले शुक्रबार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले अहिलेको जनादेशअनुसार अतिवादी वैचारिक एजेण्डा र त्यसका सम्वाहक शक्तिलाई कमजोर तुल्याई आफ्नो पार्टीलाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गरेकामा जोड दिँदै पार्टी प्रतिपक्षमा रही संविधानसभा र संसदमा रचनात्मक एवम् सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
उहाँले सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र राष्ट्रिय अखण्डताको एजेण्डामा सहमति र सम्झौता कायम गर्न संविधानसभामा सक्रिय भूमिका खेल्ने भन्दै ताजा जनादेशअनसार राष्ट्रपति, उपराष्ट्रपतिलगायतका सबै निर्वाचित पदहरूको नयाँ निर्वाचन हुनुपर्ने र नयाँ शक्ति सन्तुलनलाई आधार मानी दलहरूका बीचमा नयाँ सहमति खोजिनुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले चुनावमा मतपेटिका सङ्कलन, व्यवस्थापन र मतगणना कार्यमा देखिएको लापरवाहीले केही विवाद र आशङ्का सिर्जना गरेको तथा खसेको मत सङ्ख्या र प्रतिशतमा समेत गम्भीर त्रुटी देखिएको उल्लेख गर्दै भविष्यमा चुनाव प्रणाली र व्यवस्थापनलाई सुधार गर्न संसदबाट एक सर्वदलीय समिति गठन गर्न माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ