News Category 2070/08/15
राष्ट्रपति, उपराष्ट्रपतिको नया“ निर्वाचन हुनुपर्छ ः कमल थापा
दैनिक संवाददाता
काठमाडौँ, १४ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्वाचनपछि पार्टी राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रुपमा स्थापित भएको तथ्यलाई आत्मसात गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई आग्रह गरेको छ ।
पार्टीले शुक्रबार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले अहिलेको जनादेशअनुसार अतिवादी वैचारिक एजेण्डा र त्यसका सम्वाहक शक्तिलाई कमजोर तुल्याई आफ्नो पार्टीलाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गरेकामा जोड दिँदै पार्टी प्रतिपक्षमा रही संविधानसभा र संसदमा रचनात्मक एवम् सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
उहाँले सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र राष्ट्रिय अखण्डताको एजेण्डामा सहमति र सम्झौता कायम गर्न संविधानसभामा सक्रिय भूमिका खेल्ने भन्दै ताजा जनादेशअनसार राष्ट्रपति, उपराष्ट्रपतिलगायतका सबै निर्वाचित पदहरूको नयाँ निर्वाचन हुनुपर्ने र नयाँ शक्ति सन्तुलनलाई आधार मानी दलहरूका बीचमा नयाँ सहमति खोजिनुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले चुनावमा मतपेटिका सङ्कलन, व्यवस्थापन र मतगणना कार्यमा देखिएको लापरवाहीले केही विवाद र आशङ्का सिर्जना गरेको तथा खसेको मत सङ्ख्या र प्रतिशतमा समेत गम्भीर त्रुटी देखिएको उल्लेख गर्दै भविष्यमा चुनाव प्रणाली र व्यवस्थापनलाई सुधार गर्न संसदबाट एक सर्वदलीय समिति गठन गर्न माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ