News Category 2074/07/18

एमालेको समानुपातिक सूचीमा सप्तरीका १२ जनाको नाम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । 
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् । 
यसैबीच सप्तरीबाट प्रतिनिधिसभामा दुई महिला र दुई पुरुष गरि चार जनाको नाम सूचीमा परेको छ भने प्रदेशसभाका लागि ५ महिला र ३ पुरुषसहित ८ जनाको नाम सूचीमा रहेको छ । 
प्रतिनिधिसभाका लागि नेकपा एमालेले सार्वजनिक गरेको सूचनी अनुसार ७३ नं. मा ममताकुमारी चौधरी, ७४ नं. मा रामप्रित पासवान, ९० नं. मा गंगाप्रसाद यादव र १०१ नं. मा सरीता कुमारी गिरीको नाम सप्तरीबाट रहेको छ । 
त्यस्तै २ नं. प्रदेशसभाका लागि सार्वजनिक गरिएको सूची अनुसार ७ नं. मा असरादेवी चौधरी, १२ नं. मा सरस्वती परियार, १५ नं. मा डा. मनोजकुमार सिंह, १९ नं. मा प्रतापनारायण चौधरी, २१ नं. मा ब्रजकुमार मण्डल, ३२ नं. मा आभाकुमारी सिंह, ३४ नं. मा मन्जु कुमारी साह र ३८ नं. मा सुनिता कुमारी इसरको नाम रहेको छ । 

प्रतिकृया दिनुहोस