News Category 2074/07/18
एमालेको समानुपातिक सूचीमा सप्तरीका १२ जनाको नाम
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ ।
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् ।
यसैबीच सप्तरीबाट प्रतिनिधिसभामा दुई महिला र दुई पुरुष गरि चार जनाको नाम सूचीमा परेको छ भने प्रदेशसभाका लागि ५ महिला र ३ पुरुषसहित ८ जनाको नाम सूचीमा रहेको छ ।
प्रतिनिधिसभाका लागि नेकपा एमालेले सार्वजनिक गरेको सूचनी अनुसार ७३ नं. मा ममताकुमारी चौधरी, ७४ नं. मा रामप्रित पासवान, ९० नं. मा गंगाप्रसाद यादव र १०१ नं. मा सरीता कुमारी गिरीको नाम सप्तरीबाट रहेको छ ।
त्यस्तै २ नं. प्रदेशसभाका लागि सार्वजनिक गरिएको सूची अनुसार ७ नं. मा असरादेवी चौधरी, १२ नं. मा सरस्वती परियार, १५ नं. मा डा. मनोजकुमार सिंह, १९ नं. मा प्रतापनारायण चौधरी, २१ नं. मा ब्रजकुमार मण्डल, ३२ नं. मा आभाकुमारी सिंह, ३४ नं. मा मन्जु कुमारी साह र ३८ नं. मा सुनिता कुमारी इसरको नाम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ