News Category 2074/07/20
उपेन्द्र यादव बिरुद्धको उम्मेदवारी भएन फिर्ता, १४ जनाले उम्मेदवारी फिर्ता लिए
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा परेको १ सय ६८ जनाको उम्मेदवारी मध्ये १४ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्यक्रम रहेकोमा सो अवधीमा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट २, सोही क्षेत्रको प्रदेशसभा २ बाट एक, क्षेत्र नं. २ को प्रदेशसभा १ बाट एक, २ को प्रदेशसभा २ बाट ३, क्षेत्र नं. ३ बाट २, ३ को प्रदेशसभा १ बाट २, ३ को प्रदेशसभा २ बाट एक र क्षेत्र नं. ४ बाट २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा क्षेत्र नं. २ बाट दिएको उम्मेदवारी बिरुद्धमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र रुपमा दिएको उम्मेदवार भने फिर्ता भएको छैन् । त्यस्तै सोही क्षेत्रको प्रदेशसभा २ बाट उम्मेदवारी दिएका राजपा महासचिव मनिषकुमार सुमनको बिरुद्धका राजपाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव समेतले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. बाट स्वतन्त्र उम्मेदवारद्वय बेचन खड्गाा र बिनोद कुमारले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै सोही क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार शम्भु कुमार झाले समेत उम्मेदवारी फिर्ता लिएका छन् । झ संघीय समाजवादी फोरम नेपाल २ नं. प्रदेशका मुख्य सचिव हुन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवार नरेश कुमार मण्डल र प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारहरु घुरन प्रसाद साह, भिमराज यादव र रेखादेवी कर्ण समेतले उम्मेदवारी फिर्ता लिएका छन् । यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाका प्रमुख पदका उम्मेदवार थिए ।
त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारद्वय मुनीलाल खंग खत्वे र संजय चौधरी, सोही क्षेत्रको प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारद्वय उमेश प्रसाद यादव र महेन्द्र प्रसाद चौधरी तथा प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार उपेन्द्र प्रसाद साह समेतले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा ४ बाट स्वतन्त्र उम्मेदबारद्वय अनिरुद्ध कुमार सिंह र संजिव कुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । सिंह फोरम नेपालका सप्तरी इन्चार्ज हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ