News Category 2074/07/20
क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारद्वयबाट काँग्रेसलाई समर्थन, २ मा कांग्रेसका उम्मेदवारको उम्मेदवारी फिर्ता भएन
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार संजय चौधरीले आइतबार नेपाली काँग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यालयको कार्यक्रम अनुसार आइतबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय अवधीमा उनले उम्मेदवारी फिर्ता लिदै काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले जानकारी दिए ।
त्यसै गरि सोही क्षेत्रका प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार महेन्द्र प्रसाद चौधरीले समेत उम्मेदवारी फिर्ता लिई त्यस क्षेत्रका काँग्रेसका उम्मेदबार मो. समिमलाई समर्थन गरेको सभापति यादवले बताए ।
यसैबीच क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका सकलदेव सुतिहारले समेत उम्मेदवारी फिर्ता लिन दिएको निवेदन अस्वीकृत भएको छ ।
सुतिहारले निर्वाचन आयोग काठमाडौंमा उम्मेदवारी फिर्ताको निवेदन समयभित्र नदिएको र पार्टीको आधिकारिक पत्रसमेत नरहेकाले उनको उम्मेदवारी कायमै रहेको सप्तरीका मूख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ