News Category 2070/08/17
नेपाली का“ग्रेस सप्तरीमा पुनः विवाद चर्कियो
दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
पटक पटक बिवादित बन्दै आएको नेपाली काँग्रेस सप्तरीमा संबिधानसभा निर्वाचनको बिषयलाई लिएर पुनः बिवाद चर्केको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का प्रत्यासी रामकुमार चौधरीको उपस्थितिमा शनिवार बसेको समिक्षा बैठकले काँग्रेस क्षेत्र नम्बर ३ का सभापतिसहितका चार जना नेता कार्यकर्तालाई कार्वाहीको सिफारिस गरेको थियो ।
त्यो समाचार सार्वजनिक भएको भोली पल्ट आइतवार क्षेत्रीय सभापति लगायतका पदाधिकारीले संयुक्त प्रेस बिज्ञप्ती जारी गरि केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का प्रत्यासी रामकुमार चौधरीलाई कार्वाहीका लागि माग गरेको छ ।
संबिधानसभा निर्वाचनको समिक्षा गर्न बसेको गाउँ समिति सभापति, नगरसभापति, सम्पुर्ण सभापति, महाधिबेशन प्रतिनिधी तथा अगुवा कार्यकर्ताहरुको बैठकले संबिधानसभा निर्वाचनमा अन्तरघात गरेको भन्दै क्षेत्रीय सभापति रामकुमार यादव, नगरसभापति शम्भुलाल देव, महाधिबेशन प्रतिनिधी समीर कुमार झा र अजित कुमार मिश्र (पप्पु मिश्र) लाई कार्वाहीका लागि सिफारिस गरेको केन्द्रीय सदस्य चौधरीले जानकारी दिएका थिए ।
तर आफुहरु सहभागि समिक्षा बैठकमा त्यस्तो कुनै किसिमको निर्णय नभएको क्षेत्रीय सभापति रामकुमार यादव र नगरसभापति शम्भुलाल देवले संयुक्त प्रेस बिज्ञप्ती जारी गरि केन्द्रीय सदस्य चौधरीले पुरानो रिसीइबी साध्न यस्तो भ्रमपुर्ण प्रचार गरेको बताएका छन् ।
बैठकमा उपस्थिति मात्र गराएर केन्द्रीय सदस्य चौधरीले माइनेट आफ्नो घर लगेर मनमानी ढंगबाट निर्णय लेखेको भन्दै बिज्ञप्तीमा भनिएको छ‘‘ त्यसबाट संगठनमा नकारात्मक सन्देश गई संगठनमा ह्रास भएकाले यस्तो कार्य गर्ने केन्द्रीय सदस्य चौधरीलाई कार्वाहीको माग गर्दछौ ।” आफुहरुलाई कार्वाही गर्ने अधिकार केन्द्रीय सदस्य चौधरीसँग नभएको र यस भ्रममा नपर्न काँग्रेसका नेता कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ