News Category 2074/07/23
सप्तरी २ मा काँग्रेसले तीन वटै पदकालागि मत माग्ने, फोरम अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने विषय अन्यौलमा
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
नेपाली काँग्रेसले सप्तरीको २ नम्बर प्रतिनिधि सभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने चर्चा चलेपनि उक्त विषय अन्यौलग्रस्त बनेको छ । बुधवार राजविराजस्थित काँग्रेसको पार्टी कार्यालयमा जिल्ला तथा क्षेत्रियस्तर नेताहरुको सम्पन्न बृहत छलफलबाट काँग्रेसले आफ्ना उक्त निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सकलदेव सुतिहारको मत माग्ने निर्णय गरेपछि फोरम अध्यक्षलाई सहयोग गर्ने विषय अन्यौलग्रस्त बनेको हो ।
यसअघि उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिन सुतिहार नामबाट काठमाण्डौस्थित निर्वाचन आयोग एउटा पत्र पुगेको थियो । तर, उक्त पत्र समयमा नपुगेको र पार्टीको आधिकारिक पत्रसमेत नरहेकाले आयोगबाट सुतिहारको उम्मेदवारी फिर्ता नभई हालसम्म कायमै रहेको छ ।
तर, स्थानीयस्तरमा सप्तरी २ बाट सुतिहारको उम्मेदवारी फिर्ता भएको र काँग्रेसले फोरम अध्यक्ष यादवलाई प्रतिनिधि सभा सदस्यको चुनावमा सहयोग गर्ने चर्चा ब्यापक भएपछि सोही सम्बन्धमा काँग्रेसका जिल्ला तथा क्षेत्रियस्तरीय नेताहरुले बुधवार भेला डाकेको थियो ।
भेलामा काँग्रेसका सप्तरी सचिव रामकुमार यादव, सहसचिव महानन्द यादव, राजविराजका नगरपालिकाको १८ वटै वडाका वडा सभापतिसहित नगर सभापति तथा अधिकांश क्षेत्रिय सभापतिहरुको उपस्थिती रहेको थियो ।
सोही बैठकले सप्तरी २ मा प्रतिनिधि सभा सदस्यमा सकलदेव सुतिहार तथा प्रदेश सभातर्फ सप्तरी २(१)का उम्मेदवार रञ्जित कर्ण र सप्तरी २(२)का उम्मेदवार महानन्द यादवको मत एकै साथ मग्ने निर्णयसमेत भएको सप्तरी काँग्रेसका सहसचिवसमेत रहेका सप्तरी २(२)का उम्मेदवार महानन्द यादवले जानकारी दिए ।
‘प्रतिनिधि सभा सदस्यका उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारी हालसम्म कायमै रहेकाले अरु दललाई समर्थन गर्ने सम्बन्धमा केन्द्रबाट कुनै किसिमको जानकारी नआएको विषयमा बृहत छलफल भयो’, जानकारी गराउँदै यादवले भने, ‘केन्द्रीय कार्यालयको मूख्य सचिव कृष्ण पौडेलसमेतबाट जानकारी लिंदा कुनै किसिमको जानकारी नभएको उत्तर फर्काएपछि आफूहरुले संयुक्तरुपमा तीनै उम्मेदवारको मत माग्ने निर्णय गरेका हौं ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ