News Category 2074/07/23
कारवाही भ्रम सृजना गर्ने दुष्प्रयत्न ः स्वतन्त्र उम्मेदवार खतिवडा
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको प्रतिनधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार प्रकाश खतिवडाले आफूलाई नेकपा एमालेले गरेको कारवाही भ्रम सृजना गर्ने दुष्प्रयत्न गरेको आरोप लगाएका छन् ।
उनले बुधबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन् ।
यसअघि नेकपा एमाले सप्तरीले बाम गठबन्धनका आधिकारीक उम्मेदवार सत्यनारायण मण्डल बिरुद्ध खतिवडाले उम्मेदवारी दिएको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गरिसकेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार खतिवडाले एमाले पार्टीको केन्द्रीय सर्कुलर अनुसार २०७४ असोज १९ गते बसेको प्रदेशसभा क्षेत्रिय समन्वय कमिटीको बैठकमा उम्मेदवार सिफारिस सम्बन्धमा छलफल भई मतदानद्वारा २१ सदस्यीय कमिटीको उपस्थित २० सदस्य मध्ये १४ सदस्यको दुई तिहाई मत प्राप्त गरेको दाबी गरेका छन् । तर, बैठकमा ६ सदस्यको मत प्राप्त गर्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले आफु निर्णय गर्ने कमिटीमा भएकै आधारमा तल्लो कमिटिीको सिफारिस सम्बन्धि मतदानलाई वेवास्ता गर्दै आफै टिकट लिई दुस्प्रयत्न गरेको हुदा उम्मेदवारी दिएको जानकारी गराए
उनले माथिल्लो कमिटीमा भएकै आधारमा शक्तिको दुरुपयोग गरि आफै निर्णय गर्ने आफै टिकट प्राप्त गर्ने प्रकृया लोकतन्त्रको उपहास भएको ठहर गर्दै धरातलीय यथार्तता, कार्यकर्ताको चाहना र कमिटीमा भएको मतदानको परिणाम विपरित स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले आफुखुसी टीकट प्राप्त गरेकाले उम्मेदवारी दिएको दाबी गरे ।
उनले पार्टी शिर्ष नेतृत्वलाई न्यायोचित टिकट वितरण नभए उम्मेदवारी रहने जानकारी गराएको बमोजिम नै उम्मेदवारी दिएको उल्लेख गर्दै भने, “पार्टीले देशब्यापी रुपमा विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेको छ । म जित्ने उम्मेदवार हुँ । आधिकारिक उममेदवार भनिएका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको हार सुनिश्चित छ । त्यसैले तत्काल वहाँलाई फिर्ता बोलाई मेरो उम्मेदवारीलाई आधिकारिकता प्रदान गर्न आग्रह गर्दछु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ