News Category 2074/08/02
गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको प्रयोग गर्न युवाहरुको संख्या बढ्दै गएपछि यसको रोकथामका लागि अभियान सुरु गरेको छ ।
सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थ बिक्री तथा प्रयोगबिरुद्व हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।
राजविराजको गजेन्द्र चोकमा आयोजित एक कार्यक्रमकाबीच राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पहिले हस्ताक्षर गर्दै अभियानको प्रारम्भ गरिन् ।
उनले गुटखाजन्य पदार्थ चपाउनमा युवा शक्तिको संख्या बढिरहेको बताउँदै उनले यसलाई कमी ल्याउन नगरपालिकाले पनि पहल गर्ने बताइन् । उनले गुटखाजन्य पदार्थले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको बिक्री र प्रयोग बन्द गराउन नगरपालिकाले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगबिरुद्व हस्ताक्षर अभियान प्रारम्भ गरेको हो ।
हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी तथा स्थानीय निकायका प्रमुखहरुलाई बुझाएर बिक्री र प्रयोग बन्द गराउन दवाव दिईने सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले बताए ।
सो अभियानका क्रममा नागरिक समाजका कावा अध्यक्ष थानसिंह भन्साली, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ