News Category 2074/08/03
संचालनमा रहेको एफएम बन्दप्रति महासंघको गम्भिर ध्यानाकर्षण
राजविराज÷राजविराजमा सञ्चालित १०१ दशमलव ४ मेगाहर्ज रेडियो छिन्नमस्ता एफएम ०७४ कार्तिक २९ देखि बन्द रहेको प्रति नेपाल पत्रकार महासंघ सप्तरी शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघका अध्यक्ष जितेन्द्र खड्गाद्वारा शनिबार जारि विज्ञप्तिमा एफएमका सञ्चालक समिति सदस्य समेत रहेका नरेशप्रताप साहले नेपाल पत्रकार महासंघमा दिएको निवेदन अनुसार ०७४ कार्तिक २९ गते साँझ जनकपुर वस्ने शितल साह र सप्तरी वस्ने नविन नरसिंह नेपाली लगायतका ५÷७ जना व्यक्ति १०÷१२ जना प्रहरी समेतको संलग्नतामा एफएमवाट ट्रान्समिटर खोलेर ल्याएको हुँदा उक्त एफ एमको प्रशासरण तत्काल बन्द हुन गएको उल्लेख छ ।
सञ्चालनमा रहेको एफएम कुनै प्रकारको विवादका कारण एक्कासी वन्द हुनु चिन्ताजनक विषय भएको विज्ञप्तिमा उल्लेख गर्दै त्यसमाथि पनि प्रहरी प्रशासनको सक्रियतामा यसरी विना कुनै पुर्व जानकारी एफएमको उपकरण खोल्ने कार्य प्रति महासंघको घोर आपत्ति रहेको जनाइएको छ ।
एफएमका सञ्चालकहरु विच कुनै प्रकारको विवाद वा मतभिन्नता भएपनि त्यसको समाधान खोज्नु र आवश्यक पहल थाल्नु स्थानिय प्रशासनको दायित्व रहेको भन्दै विज्ञप्तिमा सञ्चालक विचको लेनदेनको विवाद वा मतभिन्नताको वहानामा प्रहरीनै लगाएर सञ्चालनमा रहेको सञ्चार संस्थाको उपकरण खोल्ने वा जफत गर्ने कार्य स्वतन्त्र पत्रकारीताको राज्यको नीति माथि पनि कडा प्रहार भएको ठहर गरिएको छ ।
विज्ञिप्तमा भनिएको छ, “आईन्दा स्थानिय प्रहरी प्रशासन र अन्य कुनै निकायवाट यस्तो निन्दनिय कार्य नदोहरिउन भन्ने तर्फ सम्बन्धी सवैलाई सचेत समेत गराउन चाहन्छौ । साथै बन्द रहेको छिन्नमस्ता एफएम १०१ दशमल ४ मेगाहर्ज अविलम्ब सञ्चालन भई त्यहाँ कार्यरत श्रमजिविहरुको उचित व्यवस्थापनका लागि समेत सम्बन्धीत पक्षल सँग हामि आग्रह गर्दछौ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ