News Category 2074/08/04
निर्वाचन स्वच्छ, निष्पक्ष एवं धांधलिरहित बनाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
जिल्ला मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र धांधलिरहित वातावरणमा सम्पन्न गराउनुपर्ने बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा राजविराजमा आइतबार आयोजित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को निर्वाचन र संचार प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले संचारबिना कुनै काम नहुने भएकोले संचारकर्मीहरुले नै निर्वाचनलाई स्वच्छ, भयरहित र धांधलिरहित वातावरणमा सम्पन्न गराउन अहम भुमिका खेल्नुपर्नेमा जोड दिए ।
चुनावको हरेक क्रियाकलापको बारेमा पत्रकारहरूलाई सुचनामा पँहुच गराउन आफु प्रतिबद्ध रहेको बताउदै संचारको पँहुच भएमात्र निर्वाचन सफलन हुन उनले बताए । मुलुकलाई परिर्वतन गर्न पत्रकारहरुले नै अहम भुमिका खेलेको प्रशंसा गर्दै उनले आगामी निर्वाचन सम्पन्न गराउन पनि भुमिका खेल्नुपर्ने बताए ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा आमसंचारकरमीलाई सुचनामा पहुच पु¥याउन पछाडी नहट्ने बताए । निर्वाचनमा भएका सकारात्मक कुरालाई नकरात्मक नबनाउन समेत स्थानिय संचारकर्मीहरुलाई उनले आग्रह गरे ।
सो प्रशिक्षण कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश कुमार झाले स्थानिय संचारकर्मीहरुले सुचना पाउनको लागि निर्वाचन कार्यालयले सुचना डेक्स स्थापना गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत सानुभाई केसी, जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादव, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अबधेश झा, शाखाका अध्यक्ष जितेन्द्र खड्गा, पुर्व अध्यक्ष धीरन्द्र साह लगायतले निर्वाचनमा संचारकर्मीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ