News Category 2074/08/04
आत्मरक्षा सम्बन्धी पाँच दिने तालिम
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
किशोरीहरुका लागि पाँच दिने आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको छ ।
युकेएडको सहयोगमा सर्च फर कमन ग्राउण्डद्वारा सञ्चालित पहँुच परियोजना अन्र्तगत महिला तथा बालबालिका कार्यालय सप्तरीसँगको समन्वयमा परित्राण नामक संस्थाद्वारा तालिम आयोजना गरिएको हो ।
शनिबारदेखि संचालित सो आत्मरक्षा सम्बन्धी तालिममा सप्तरीको अर्नाहा, बोदेबर्साइन, पकरी, हरीहरपुर लगायत जिल्लाका विभिन्न भागबाट ५१ जना किशोरीहरुको सहभागिता रहेको छ ।
तालिमलाई सफल बनाउनका लागि पहुँच परियोजनाका स्थानीय साझेदार संस्थाहरु हुकोडन र सवल नेपालले समेत सहयोग गरिरहेको छ ।
बालिका तथा किशोरी यौन हिंसाको जोखिममा रहेको र यस्ता घटनाहरु एक पछि अर्को सार्वजनिक भई रहेको परिप्रेक्ष्यमा यस्ता घटनाबाट बच्न किशोरीहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
तालिममा किशोरीहरुलाई हिंसा हुन सक्ने सम्भावित स्थान तथा परिवेशको विश्लेषण गर्न क्षतमा विकास गर्ने र सम्भावित अपराधीलाई बेलैमा पहिचान गर्नका लागि ज्ञान समेत अभिवृद्धि गरिनेछ । यसका साथै सावधानी अपनाउँदा अप्नाउँदै पनि हिंसा हुन सक्ने जोखिमपूर्ण अवस्थामा तत्काल प्रतिकार गरी आफ्नो सुरक्षागर्नका लागि सीप समेत सिकाइदै छ ।
तालिम कै क्रममा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालयसँग अन्तरक्रिया गराई कुनै समस्या परेमा सहज रुपमा प्रहरीको सहयोग लिनका लागि आत्मविश्वास बढाउने योजना समेत रहेको छ । यस तालिममा सहभागी ५१ जनाकिशोरीहरु मार्फत अन्य धेरै किशोरीमा यौन जन्य हिंसाबाट बच्नका लागि ज्ञान र सीप प्रसार भई किशोरीहरु आफूलाई कमजोर ठान्ने भन्दा पनि आत्मविश्वासका साथ हिंसाबाट लड्न सक्ने विश्वास आयोजकको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ