News Category 2070/08/19
सहकारी बैंकको ३१ औं शाखा राजविराजमा
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
राजविराजमा मंगलबारदेखि राष्ट्रिय सहकारी बैंकको ३१ औं शाखाको रुपमा सञ्चालन भएको छ ।
बैंकको मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा पूर्वमन्त्री केशब बडालले उद्घाटन गर्नुभयो ।
सहकारी बैंकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री बडालले सहकारीको सुढृढीकरण बिना लोकतन्त्र सुढृढ हुन नसक्ने बताउनुभयो ।
सहकारी समाजिक क्षेत्रको आर्थिक, शैक्षिक र सांस्कृतिक पक्षलाई मजबुत बनाउने ठुलो आधार भएको बताउनुहुँदै सहकारी संघले देशब्यापी रुपमा सहकारी आन्दोलन सञ्चालन गर्न ५ बर्षे निती तयार पारिसकेको उल्लेख गर्नुभयो ।
मुलुकभरीका गाउँ गाउँमा सहकारी संस्था निर्माण गर्ने र भएका सहकारीहरुलाई सक्षम सुढृढ बनाउने योजना सहित संघ अघि बढीरहेको बताउनुहुँदै बडालले समाजमा रहेको अनेकताभित्रको एकतालाई मजबुत बनाउन सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकभरीका जनतालाई सहकारीहरु मार्फत आवश्यकता पुर्ति गर्ने माध्यम सहकारी बैंक रहेको बताउनुभयो ।
उहाँले सहकारी बंैकमा व्यक्तिगत नभई सहकारी संस्थाहरु मार्फत मात्र कारोबार गर्न सक्ने बताउनुहुँदै अहिलेसम्म बैंकमा ६ हजार भन्दा बढी सहकारी संस्थाहरु आबद्ध रहेको बताउनुभयो ।
जिल्ला सहकारी बैंक व्यवस्थापन समितिका संयोजक बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी संघका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य सरिता भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष रामप्रसाद चौधरी लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ