News Category 2074/08/06
चुनाव पश्चात् राजपा फोरम पार्टीबीच एकता ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालसँगको चुनावी तालमेल मधेसी जनताको अधिकार प्राप्तिका लागि भएको बताउँदै चुनावी तालमेलको सफलता पश्चात् पार्टीगत एकता अगाडी बढ्ने बताएका छन् ।
अध्यक्ष यादवले मंगलबार राजविराजमा संचारकर्मीसँग कुाराकानी गर्दै भने, “यो चुनावी तालमेल सुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो बिस्तारै मधेसी एकताको लागि उदाहरणीय बन्नेछ ।”
सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेको अध्यक्ष यादवले संबिधान सशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताको लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आप्mनो पार्टीले चुनावी तालमेल गरेको र तालमेल सफल हुने दावी समेत गरे ।
उनले मधेसीको अधिकार प्राप्ति नभएसम्म मधेसीको लडाई समाप्त नहुने बताउदै मधेसी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेसीको अधिकार सुनिश्चित हुने बिश्वास ब्यक्त गरे ।
उनले काग्रेस, एमाले र माओवादीले जति मिठो भाषण र आश्वासन दिएपनि त्यो मधेसी हितमा नभएको आरोप लगाए । उनले राज्यमा सबै भन्दा बढी कर तिर्ने मधेसमा सरकारी लगानी अत्यन्त कम भएको र भेदभाव रहेकोले आप्mनो बहुमत आए राज्यको लगानी बढाउने, शिक्षा, स्वास्थ्य र रोजगारीको बतावरण बनाउने प्रतिद्धता समेत व्यक्त गरे ।
उनले उद्योगधन्दाका लागि स्वदेशी तथा बिदेशी लगानी बृद्धि गर्ने कृषि उद्योगमा जोड दिने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ