News Category 2074/08/07
काँग्रेसबाट क्षेत्र नं. २ को उम्मेदवारी कायम ः पूर्व मन्त्री चौधरी
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
पूर्व गृह राज्यमन्त्री राम कुमार चौधरीले नेपाली काँग्रेस पार्टी केन्द्र कार्यालयको परिपत्र नआएकाले निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा उम्मेदवारी कायम रहेको दाबी गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. १२ को पार्टी सभापति श्याम प्रसाद यादवको अध्यक्षतामा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रमको प्रमुख आतिथ्य चौधरीले आगामी २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले टिकट दिई उम्मेदवारी दिएका उम्मेदवार कायम नै रहेको दाबी गरे ।
उनले नेपाली काँग्रेसको नेतृत्वमा भएको सरकारले मधेशको समस्या समाधान गर्न, संविधान संशोधन लगायतका काम नेपाली काँग्रेस जिते मात्रै सम्भव हुने बताएका छन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष पदमा राजपा पार्टीको बागी स्वतन्त्र उम्मेदवार दिइएका राजकुमार यादवको नेतृत्वमा एक सय एक जनाले पार्टी प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व सांसद सकलदेव सुतिहार, प्रदेश नं. २ का समानुपातिक उम्मेदवार राधाकान्त देव, क्षेत्र नं. २ को १ का प्रदेश सभाका नेपाली काँग्रेसका उम्मेदवार महानन्द प्रसाद यादव, सप्तरीका जिल्ला सचिव राम कुमार यादव, महाअधिवेश प्रतिनिधि सदस्य ईरसाद अन्सारी, दलित संघ सप्तरीका सभापति भुवनेश्वर साफी लगायतका वक्ताले नेपाली काँग्रेसलाई बिजयी गराउन सबैको सहयोगको आवश्यता रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ