News Category 2074/08/08
मधेश गठबन्धनको संयुक्त सभा भोली राजविराजमा हुने
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशलाई केन्द्रित गर्दै संयुक्त आमसभा गर्ने भएको छ ।
यी दुवै दलले मंसिर ९ गते सप्तरीको राजविराजस्थित शिव मन्दिरको प्राङ्गनमा संयुक्त आमसभा गर्ने भएको छ ।
उक्त संयुक्त सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपाका संयोजक महन्थ ठाकुर तथा राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै मंसिर १६ गते जनकपुरमा वृहत सभाको हुनेछ ।
सो संयुक्त सभालाई पनि महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले सम्बोधन गर्ने छन् । राजविराज र जनकपुर बाहेक बिरगंज, गौर, मलंगवा, जलेश्वर र लहानमा पनि संयुक्त सभाको आयोजना गरि शिर्ष नेताहरुद्वारा सम्बोधन गर्ने तयारी भई रहेको छ ।
राजपा नेपाल र फोरम नेपालले दुई नम्बर प्रदेशमा मधेश गठबन्धन बनाई संयुक्त रुपमा चुनाव लड्दै छन् । यता सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ मा फोरम अध्यक्ष उपेन्द्र चुनावी मैदानमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ