News Category 2070/08/21
चार मधेशवादी दलबिच एकीकरण हुने
दैनिक संवाददाता
राजविराज, २० मंसिर ।
संबिधानसभा निर्वाचनमा पराजय भोगेको साना चार मधेसवादी दलबीच एकीकरण हुने भएको छ ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना, मधेश तराई फोरम र नेपाल सद्भावना पार्टी एकीकरण हुने भएको हो ।
चार पार्टीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी आगामी दिनमा पार्टी एकीकरण गरेर मधेशमा जाने बताएका छन् ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले यसपालीको संविधानसभाबाट आएको परिणामको कारण मधेसी दलहरुबीच सहकार्य वा एकीकरण हुन नसक्नु रहेको बताउनुभयो ।
संघीयतासहितको संविधान र स्वायत्त मधेस प्रदेशका लागि मधेसमा एउटा दरिलो शक्तिको आवश्यकताको महसुस गरेर विचार मिल्ने पार्टीहरुसँग एकीकरण गर्न लागेको उहाँको भनाई छ ।
संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा मंसिर ४ गतेको संविधानसभाको निर्वाचनको परिणाम नियोजित, धाँदलीपूर्ण र षड्यन्त्रमूलक रहेको विभिन्न घटना, तथ्य र प्रवृतिले प्रमाणित गरेको दावी गरिएको छ । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झा, मधेश तराई फोरमका अध्यक्ष अमर यादव र नेपाल सद्भावना पार्टी (सरिता गिरी)का प्रवक्ता प्रविण लाभद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा, ‘परिवर्तनकामी शक्तिहरुलाई पुनः आन्दोलनमा धकेल्ने र देशमा अस्थिरता निम्त्याउने जालझेल र षड्यन्त्रको तानावाना बुनिदैंछ’ उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ