News Category 2074/08/14
तीन सहरमा एकै पटक बम विस्फोट गराउने योजना विफल ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरी प्रहरीले चुनाव विरोधी गतिविधि गर्दै आएका विप्लव समूहका कार्यकर्ताहरुले राजविराज, सिरहा र उदयपुरमा एकै पटक मंगलबार बिहान ८ बजे बम विस्फोट गराउने योजना राजविराजमा विफल पार्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बरही नहर छेउछाउबाट मंगलबार बिहान रिमोटबाट ब्लाष्ट गराउने प्रेसर कुकर बमसहित पक्राउ गरेको विप्लवका कार्यकर्तालाई सार्वजनिक गर्दै सो दाबी गरेको हो ।
छिन्नमस्ता गाउँपालिका ९ निवासी तेजनारायण यादव, विष्णुपुर गाउँपालिका ६ निवासी संजयकुमार रायलाई दुई केजी विस्फोटक पदार्थ आरडिएक्स समेत प्रहरीले पक्राउ गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राजविराज, सिरहा र उदयपुरमा मंगलबार बिहान ८ बजे एकै साथ विस्फोट गराउने उनीहरुको योजनालाई राजविराजमा भने विफल पार्यौ, सो दिन सिरहा र उदयपुरमा बम विस्फोट भयो ।”
प्रहरीको गस्ति टोलीले मंगलबार बिहान नहर चौकमा शंका लागेका तेजनारायणलाई खानतलासी गर्दा उनको सातबाट रिमोट कन्ट्रोल फेलापरेपछि अनुसन्धानका क्रममा सो बम र आरडिएक्स सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइ छिपाई राखेको अवस्थामा फेला परेको हो ।
यसैगरि सोमबारराती प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका १ स्थित सकरपुराबाट हनुमाननगर कैकालिनि नगरपालिका १४ रक्मपुरा मल्हनियाँ निवासी सूर्यनारायण सुतिहारलाई हतियारसहित पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले स्थानिय घुनी मुखियाको घरगोठमा बसिरहेको अवस्थामा प्रहरीले छापा मारि मुखियाँको साथबाट एक थान नलकटुवा पेस्तोल र सोमा लोड गरिएको एक थान गोली र बाहिर रहेको दुई थान गोलीसहित पक्राउ गरेको जनाएको छ ।
यता पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने रिमोटसहित पक्राउ परेका दुई गरि तीनै जनालाई प्रहरीले सोधपुछ गरिरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ