News Category 2074/08/15
मधेशी जनताको चाहना अनुसार संविधानलाई सुधार गरेर भए पनि अझ बढी अधिकार दिने ः प्रम देउवा
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
प्रधानमन्त्री शेर बहादुर देउवाले काँग्रेसको बहुमतिय सरकार निर्माण भएमा संविधानलाई संशोधन गरेर पनि मधेशी जनताले अझ बढी अधिकार पाउने बताउनु भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ द्वारा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले मधेशी जनताको चाहना अनुसार संविधानलाई सुधार गरेर भए पनि अझ बढी अधिकार दिलाउने आश्वासन दिनुभयो । उहाँले बाम पार्टीले मधेशीलाई कुनै अधिकार नदिने भन्दै यदी कम्युनिष्ट सरकार आए मुलुकमा चुनाव नै नहुने दाबी समेत गर्नुभयो ।
नेपाली काँग्रेसको बिजयी सुनिश्चित भइसकेको दाबी गर्दै प्रधानमन्त्री देउवाले काँग्रेस पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी रहेकोले काँग्रेस मधेशकै पार्टी भएको बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले मुलुकमा लोकतन्त्र स्थापना गर्न पार्टीको ठूलो योगदान रहेको भन्दै नेपाली जनतालाई दासाता र डर त्रासबाट मुक्त गराउन पार्टीले अहम भूमिका खेलेको जिकिर गर्नुभयो ।
सोही सभामा प्रधानमन्त्री देउवाले सप्तरीको कठौना पातो सडकखण्ड, शम्भुनाथ बनैनिया सडक खण्डलाई कालोपत्रे, शम्भुनाथ गाईघाट सडक खण्ड खोल्ने, सप्तरीको हुलाकी सडकखण्ड लगायतलाई यसै आर्थिक वर्षमा संचालन गरिने बताउँदै शम्भुनाथमा २५ शैयाको अस्पतालको निर्माणका लागि पहल गरिने जानकारी दिनुभयो ।
त्यस्तै बाढी पीडितलाई ३० लाख दिने निर्णय, आवास निर्माणका लागि १५ हजार, लत्ताकपडाका लागि १० हजार दिने निर्णय समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
सो चुनावी सभामा सप्तरी क्षेत्र नंं ३ का उम्मेदवार दिनेश कुमार यादव, ४ का उम्मेदवार तेजुलाल चौधरीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ