News Category 2074/08/18
मधेसीको अधिकारको लागि संविधान संशोधन आवश्यक ः फोरम अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवले मधेसी जनताको अधिकारको लागि संबिधान संशोधन आवश्यक रहेको बताएका छन् ।
सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठमा आइतबार मतदाताहरुसँगको भेटघाटको क्रममा उहाँले यस्तो बताएका हुन् ।
बिभेद, असामानता, भेदभाव, उपेक्षालाई अन्त गर्न आरिधक परिवर्तन मुलुकको लागि खाँचो रहेको भन्दैे आधिकार, उन्नती, बिकासबाट गरिबी, बेरोजगारी अभाव ग्रस्त जीवनबाट मुक्त पाउनका लागि अहिलेको निर्वाचनमा मधेसी जनताले समेत संचेत भएर मतदान गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले सप्तरीका जनताको भावना र चाहना अनुसार आफु सप्तरी आएको बताउर्दै मधेशीको अधिकार सम्पन्न बनाउनेदेखी लिएर संविधान संसोधन गराउने र बिकासलाई पहिलो प्राथमिकमा राखेको जिकिर गरे ।
मधेसी, आदिवासी, जनजाती, मस्लिम, महिला र पिछडिएका वर्गको अधिकारको लागि संबिधान संसोधन जरुरी रहेको बताउदै संघियता बिरोधी संबिधान परिर्माजन एवं संसोधन नभए सम्म मधेसको २ नं. प्रदेशमा मात्र नभई मधेसको २२ जिल्लामा नै मधेसी जनताको अहिले पनि सर्घष जारी रहेको दावी गरे ।
तत्काल प्राप्त भएको प्रदेश नं. २ को ८ वटा जिल्लामा यही मंसिर २१ गते दोश्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा दुई तिहाय भोट ल्याउनुपर्ने बताउदै राज्यद्वारा बाँकी खोसीएको जिल्ला पनि मधेस प्रदेश बनाउनको लागि मधेसी जनताको सर्घष जारी नै रहेको उनले जिकिर गरे ।
उनले सप्तरी जिल्ला ५० औ बर्षदेखि पछाडी परेकोले यसलाई अगाडि बढेको आफु पनि देख्न चाहेको बताए । सप्तरीको बिकासको लागि राज्यले कुनै पहल नगरेको भन्दै राज्यको बिभेदकारी नीतिले गर्र्दा मधेसको बिकास हुन नसकेको आरोप लगाए ।
राज्यले नै चाहदै न कि मधेसको बिकास होस, ताकी मधेसी जनतालाई सधैभरी गुलाम बनाएर राख्न सकियोस तर अब यो चल्ने बला छैन भने ।
मधेसको गरिबी, अशिक्षा, बेरोजगारी र बिकासको अवस्था जर्जर हुनुमा राज्य नै मुख्य दोषी रहेको समेत उहाँले आरोप लगाए ।
साथै उनले जिल्लाको बिकास निर्माणलाई अगाडि बढाउन, जनताको अधिकार सम्पन्न बनाउन, शान्ती र समृद्धतर्फ लैजानका लागि मधेश गठबन्धनलाई भोट हाल्न मतदातासँंग आग्रह समेत गरे ।
मधेशीको हक अधिकारका लागी संविधान संशोधन आवश्यक भएकोले निर्वाचनमा बिजयी बनाई पहिचान सहितको अधिकार सम्पन्न बनाउन बहुमतवाट मधेश गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ