News Category 2074/08/18
सप्तरीको उत्तरी पूर्वी भेगमा जंगली हात्तीको आतंक यथावत्
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको उत्तरी पुर्वी भेगमा अझै जंगली हात्तीको आतंक यथावत्ै रहेको छ । कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समुहले शनिबारराती सप्तरीको कंचरुप नगरपालिका ८ स्थित रुपनगर र कंचपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।
मध्यरात एक्कासी आरक्षबाट दुई वटा समुहमा निस्केको जंगली हात्तीको समुहले आतंक मचाउदाँ स्थानीयहरु बीच भागमभाग समेत भएको र बालीनालीमा क्षति गरेको स्थानियले बताएका छन् ।
सो क्षेत्रमा केही दिनदेखि हात्ती आतंक बढेपनि स्थानिय प्रशासन र आरक्षप्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएकोले सो क्षेत्रमा हात्ती आतंक बढेको स्थानियबासीहरुले आरोप लगाएका छन ।
एक साता यता फेरी गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउदै आएको कारण स्थानीयहरु त्रसित बन्नुको साथै रातीको समयमा जागराम भएर बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानिय राजकुमार पासवानले गुनासो गरे ।
पटक पटक जंगली हात्तिले जंगल क्षेत्रमा आतंक मच्चाउँदै आएको र आफुहरु आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि गुहार गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै पीडितहरु आक्रोसित बनेका छन ।
हात्तीलाई स्थानिय र इलाका प्रहरी कार्यालयका प्रहरी टोलिले आरक्षतर्फ लखेटेको थियो । करिब चार दिन अगाडी कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कंचरुप नगरपालिका २ स्थित बदगामाकी एक महिलाको मृत्यु समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ