News Category 2074/08/20
१२ सीटका लागि १ सय ५२ उम्मेदवारबीच प्रतिष्पर्धा
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
आगामी मसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तरगत सोमबार मध्यराती १२ बजेदेखी मौन अवधी सुरु भएको छ ।
सो अवधीमा उम्मेदवारहरु कुनै प्रकारको प्रचारप्रसार गर्न नपाउने प्रावधान रहेको छ । अहिले यस अवधीमा उम्मेदवारहरुको चिन्ता बढ्नु स्वभाविक हो ।
चार प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रको १२ सीटका लागि जिल्लामा प्रतिनिधिसभा क्षेत्रमा ५२ तथा प्रदेशसभा क्षेत्रमा १०० जनागरि १ सय ५२ जनाले उम्मेदवारले चुनावीप्रतिष्पर्धामा रहेका छन् ।
यता ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेको यस जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा कुल मतदाता संख्या ९४ हजार ९ सय २० रहेको छ । यो क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर कंकालिनि नगरपालिका पर्दछ । यस क्षेत्रमा १४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. १ को प्रदेशसभा १ मा ५० हजार ७ सय ३० मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको ६ वटै वडा गरि कंचनरुप नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, ११, १२ र सप्तकोशी नगरपालिकाको ११ वटै वडा पर्दछ । यस प्रदेशसभा क्षेत्रमा ९ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभा २ मा ४४ हजार १ सय ९० मतदाता रहेका छन् । जसमा कंचनरुप नगरपालिकाको वडा नं. १, २, ३, १०, तिरहुत गाउँपालिकाको ५ वटै वडा तथा हनुमाननगर कंकालिनि नगरपालिकाको १४ वटै वडा पर्दछ । यस प्रदेशसभा क्षेत्रबाट पनि ९ जनाको मनोनयन परेको छ ।
यसैगरि जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ७९ हजार २ सय ६३ मतदाता रहेको छ । यो क्षेत्रमा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्दछ । यस क्षेत्रमा १८ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रको प्रदेशसभा १ मा ४१ हजार ७ सय ६१ मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा छिन्नमस्ता गाउँपालिकाको ७ वटै वडा, तिलाठी कोइलाडी गाउाापालिकाको ८ वटै वडा र महदेवा गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ पर्दछ । यस क्षेत्रबाट १३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै यसै क्षेत्रको प्रदेशसभा २ मा ३७ हजार ५ सय २ मतदाता रहेका छन् । यस क्षेत्रमा महदेवा गाउँपालिकाको वडा नं. १ र ३ तथा राजविराज नगरपालिकाको सम्पूर्ण १६ वटै वडा पर्दछ । यस क्षेत्रमा २२ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ मतदाता रहेको छ । यस निर्वाचन क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, बेल्हीचपेना गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका रहेको छ । यस क्षेत्रमा १२ जनाले मनोनयन दर्ता गराएका छन् । यसै क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४३ हजार ८ सय ९० मतदाता रहेको छ । जसमा रुपनी गाउँपालिकाको ६ वटै वडा, विष्णुपुर गाउँपालिकाको ७ वटै वडा तथा शम्भुनाथ नगरपालिकाको १ देखी ११ वडा पर्दछ । यस क्षेत्रबाट १९ जनाको मनोनयन परेको छ । क्षेत्र नं. ३ कै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ४१ हजार ५ सय ९९ मतदाता रहेको छ । जसमा डाक्नेश्वरी नगरपालिकाको १० वटै वडा, बेल्हीचपेना गाउँपालिकाको ६ वटै वडा र शम्भुनाथ नगरपालिकाको १२ नं. वडा पर्दछ । यस क्षेत्रबाट १४ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा ८६ हजार ५ सय ४२ मतदाता रहेको छ । यस क्षेत्रमा खडक नगरपालिका, बोदेबर्साइन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङा नगरपालिका रहेको छ । यस क्षेत्रमा १५ जनाको मनोनयन परेको छ । यस क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४६ हजार ९ सय ८ मतदाता रहेको छ । यसमा खडक गाउँपालिकाको ११ वटै वडा तथा सुरुङा नगरपालिकाको १ देखी ८ वडा सम्म रहेको छ । यसमा ११ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा ३९ हजार ६ सय ३४ मतदाता रहेको छ भने यसमा बोदेबसाईन नगरपालिकाको १० वटै वडा, बलान बिहुल गाउँपालिकाको ६ वटै वडा र सुरुङा नगरपालिकाको वडा नं. ९, १० र ११ पर्दछ । यसमा १२ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ