News Category 2074/08/20
निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहका अनुसार जिल्लामा निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी १ हजार ८ सय, सशस्त्र प्रहरी ९ सय ५०, म्यादी प्रहरी ३ हजार १ सय ६० र राष्ट्रिय अनुसन्धानका ६० जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
त्यस्तै सुरक्षाकर्मी बाहेक नेपाली सेनाले समेत विभिन्न मतदान स्थलहरुमा निगरानी बढाएको उनले बताए ।
प्रहरी उपरिक्षक सिंहले जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले समान्य नरहेको जानकारी दिए । जिल्लाका कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनको दाबी छ ।
यता जिल्लाको क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको छ । क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको छ ।
उनले भने, “पार्टी–पार्टीबीच अन्तरद्वन्द्व तथा जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”
यस्तै स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ