News Category 2074/08/20
७२ घण्टाका लागि नेपाल भारत सीमा नाका बन्द
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
मंसिर २१ गते दोश्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि सप्तरीमा सुरक्षा ब्यवस्था कडा पार्नुका साथै नेपाल भारत सीमा नाका मंगलबारबाट ७२ घन्टाका लागि बन्द गरिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि मंगलबारदेखि मंसिर २१ गते निर्वाचन हुने दिन सम्मका लागि ७२ घन्टाका लागि सवारी साधन र पैदल यात्रुहरुलाई आवतजावतमा रोक लगाइएको छ ।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढिकरण समेत बनाइएको उनले बताए । साथै मतदाताले ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह समेत गरे ।
यस्तै सुरक्षा व्यवस्थापन अन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्तरुपमा चेकजाँच गरिरहेको प्रजिअ पाण्डेले भने ।
यसैबिच नेपाल भारतको हित हुने उदेश्यले अति आवश्यक समस्यामा परेकालाई सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको बिशेष चेक जाचँ गरिसकेपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ