News Category 2074/08/22
आधारभूत विद्यालय मतदान केन्द्र महदेवामा शुन्य मतदान
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को महदेवा गाउँपालिकास्थित आधारभुत विद्यालय मतदान केन्द्रमा विहीबार एक जना पनि मतदाताले मतदान गरेनन् ।
५ सय ४५ पुरुष र ४ सय १५ महिला गरि ९ सय ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखी मतदान गराउन कर्मचारी उपस्थिति रहेपनि साँझ ५ बजेसम्म एक जनाले पनि मतदान गर्न नआएको मतदान अधिकृत धनेश्वर साहले जानकारी दिए ।
स्थानियका अनुसार वर्षौदेखी यस क्षेत्र विकासबाट टाढा रहेको तथा जसले जिते पनि कसैले विकास नगरेको भन्दै मतदान नगर्ने निर्णय गरिएको जनाएका छन् । स्थानियहरुले सामूहिक रुपमा मतदान नगर्ने निर्णय गरेको जनाएका छन् ।
यद्दपी यो गाउँमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतको घर पर्दछ । सोही कारण डा. राउतको सम्मानका लागि स्थानियहरुले मत नखसालेको श्रोतको दाबी छ । यस अघि २०६४ सालको संविधानसभा निर्वाचनको समयमा पनि सप्तरीको त्रिकौल गाविसमा समेत एउटा पनि मत खसेको थिएन् । सो गाविस जयकृष्ण गोइतको गाविस पर्दछ ।
यसैबीच स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ