News Category 2070/08/22
गहु“को बिऊ समयमा उपलब्ध नहु“दा किसान मर्कामा
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
समयमा गहुँको बिऊ उपलब्ध नहुँदा सप्तरीका किसानहरु मार्कामा परेका छन् । जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लामा चाहिने आवश्यक बिऊको आपूर्ति गर्न नसक्दा किसानहरु मर्कामा परेको बताएका छन् ।
दुई दिनअघि कृषि कार्यालयमा नागरिकताको प्रतिलिपी दिएर नाम दर्ता गराए पनि हालसम्म बिऊ उपलब्ध नभएको लालापट्टी गाविसका किसान रमेश यादवले बताएका छन् ।
गहुँको बिऊ नपाएर अहिले किसानहरु चिन्तित बनेका छन् । अनुदानमा आएको बिऊ बाहेक बजारमा खरीद गर्न जाँदा दोब्बर रकम तिर्नु परेको खड्गपुरका किसान रामदेव यादवले बताए । यता किसानहरुले बिऊको कालोबजारी भइरहेको भन्दै ती बिऊ छिमेकी मुलुक भारत ढुवानी भइरेहको आरोप समेत लगाएका छन् ।
सदरमुकाम राजविराजमा मात्र एक दर्जन खाद्य पसलहरुले गहुँको बिऊ दोब्बर मूल्यमा कालोबजारी गरि बिक्रि गरिरहेका किसानहरुको आरोप छ ।
हाल गहुँको बिऊ ३५ प्रतिशत अनुदानमा प्रति किलो ३६ रुँपैया ४० पैसा र ढुवानी खर्च जोडर रकम लिने गरेको कृषि कार्यालय सप्तरीले जनाएको छ । थोरै मात्रामा बिऊ आएको भन्दै प्रति व्यक्ति २० किलोको दरले बिक्रि गरिरहेको सो कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामचन्द्र यादवले राष्ट्रिय बिऊ बिजन कम्पनी क्षेत्रिय कार्यालय हेटौडाले जिल्लामा १ सय २५ मेट्रिक टन गहुँको बिऊ ३५ प्रतिशत अनुदानमा उपलब्ध गराएको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा १ हजार मेट्रिक टन गहुँको बिऊको माग रहेकोमा थोरै मात्रामा आएको बिऊलाई थारै थारै गरेर पनि किसानहरुलाई सरल तरिकाबाट बिक्रि गरिरहेको बताउनुभयो ।
यता राष्ट्रिय बिऊ बिजन कम्पनी क्षेत्रिय कार्यालय इटहरीले सप्तरीका २१ वटा डिलर्सहरुलाई ७५ मेट्रिक टन बिऊ पठाएको तर सो सम्बन्धमा कृषि कार्यालयलाई कुनै लिखित जानकारी नआएको प्रमुख यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ