News Category 2074/08/23
दुई क्षेत्रमा मधेश गठबन्धन र दुईमा काँग्रेस अगाडी
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
बिहीबार सम्पन्न निर्वाचन पश्चात् शुक्रबार २ बजेदेखी सप्तरीमा मतगणना कार्य सुरु भएको छ ।
जिल्लाको चार प्रतिनिधि र आठ प्रदेशसभा क्षेत्रको मतगणना एकै साथ सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा चार वटै निर्वाचन क्षेत्र र ८ वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु भएको हो ।
यसैबीच शुक्रबार राती १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. १ मा फोरम नेपालका डा. सूर्य नारायण यादव ३ हजार ६ सय ४९ मत प्राप्त गरि अग्रस्थानमा, काँग्रेसका रामदेव साह १ हजार ५ सय ३२ मत प्राप्त गरि दोश्रो र माओवादी केन्द्रका अशोक मण्डल १ हजार ४ सय ८७ मतसहित तेश्रो स्थानमा रहेका छन् ।
त्यसैगरि सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ मा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ६ हजार ७ सय ६० मत प्राप्त गरि पहिलो, माओवादी केन्द्रका उमेश यादव ३ हजार ६ सय ८० मत ल्याई दोश्रो र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर ३ हजार ९ मत ल्याई तेश्रो स्थानमा रहेका छन् ।
क्षेत्र नं. ३ मा काग्रेसका जिल्ला सभापति दिनेश यादव ४ हजार ५ सय ९५ मतसहित पहिलो, राजपाका चन्द्रकान्त चौधरी ३ हजार ५ सय ८३ मतसहित दोश्रो र एमालेका ताराकान्त चौधरी २ हजार २ सय ८९ मतसहित तेश्रो स्थानमा रहेका छन् ।
त्यसैगरि सप्तरी क्षेत्र नं. ४ मा काँग्रेसका तेजुलाल चौधरी ८ सय २९, राजपाका मृगेन्द्र कुमार सिंह यादव ५ सय ४७ र एमालेका मो. इस्लाम ४ सय ११ मत प्राप्त गरेका छन् ।
त्यसैगरि प्रदेश सभा तर्फ क्षेत्र नं. ३ को १ मा काँग्रेसका मो. समिम १ हजार ९ सय ९९, राजपाका दिनेश यादव १ हजार ९ सय, एमालेका महेश प्रसाद चौधरीले ८ सय २३ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नं. ४ को १ मा कांग्रेसका सिताराम साह ६ सय ७, एमालेका जिल्ला अध्यक्ष गाबिन्द न्यैपाने ४ सय ७२, फोरमाका बिनोद कुमार चौधरीले १ सय ५५ मत प्राप्त गरेका छन् ।
यस्तै ४ कै २ मा फोरमाका अभिषेक यादव ६ सय ११, काँग्रेसका विवेकानन्द झाले ४ सय ७० र माओवादी केन्द्रका शशीकुमार यादवले २ सय ७१ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ