News Category 2074/08/23
सप्तरीमा पुरुष भन्दा बढी महिलाले मतदान गरे
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
मंसिर २१ सम्पन्न दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभामा सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मध्ये २ लाख ३८ हजार २ सय ५१ मतदाताले मत खसालेका छन् ।
४मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले दिएको जानकारी अनुसार ६८ दशमलव ८२ प्रतिशत मतदान भएको हो । यस मतदानमा १ लाख ११ हजार ७ सय ७० पुरुष र १ लाख २६ हजार ४ सय ६६ महिलाले मतदान गरेका हुन् ।
यसरी हेर्दा सप्तरीमा पुरुष भन्दा १४ हजार ६ सय ९६ जना महिलाले बढी मतदान गरेका हुन् ।
सप्तरी क्षेत्र नं. १ मा कुल ९४ हजार ९ सय २० मतदाता रहेकोमा ६४ हजार २ सय १९ अर्थात ६७ दशमलव ६५ प्रतिशत मत खसेको छ । त्यस्तै क्षेत्र नं. २ मा ८९ हजार २ सय ६३ मतदाता रहेकोमा ५२ हजार ५ सय ३२ मत अर्थात ६६ दशमलव २६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ मतदाता रहेकोमा ६० हजार ४ सय ७१ मत अर्थात ७० दशमलव ७३ मत र ८६ हजार ५ सय ४२ मतदाता रहेको जिल्लाको क्षेत्र नं. ४ मा ६१ हजार ३९ अर्थात ७० दशमलव ५३ मत सखेको उक्त कार्यालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ