News Category 2074/08/24
मतगणना जारि, क्षेत्र नं. १ मा फोरम र ४ मा काँग्रेस अगाडी
राजविराज÷बिहीबार सम्पन्न निर्वाचन पश्चात् शुक्रबार २ बजेदेखी सप्तरीको प्रतिनिधि र प्रदेशसभा क्षेत्रका मतगणना शनिबार पनि जारि रहेको छ ।
जिल्लाको चार प्रतिनिधि र आठ प्रदेशसभा क्षेत्रको मतगणना एकै साथ सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा चार वटै निर्वाचन क्षेत्र र ८ वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु भएको हो ।
यता जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ र ४ को मतगणना जारि रहेको छ । प्राप्त मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं. १ मा फोरमका उम्मेदवार डा. सूर्य नाराण यादव र ४ मा काँग्रेसका उम्मेदवार तेजुलाल चौधरी अगाडी रहेका छन् ।
शनिबार राती १२ बजे सम्म प्राप्त मतपरिणाम अनुसार क्षेत्र नं. १ मा फोरम नेपालका उम्मेदवार डा. सूर्य नारायण यादवले १४ हजार ७ सय २२ मत गरि अग्रस्थानमा रहेका छन् । त्यस्तै माओवादी केन्द्रका अशोक कुमार मण्डलले १० हजार ४ सय ६२ मत प्राप्त गरि दोश्रो स्थानमा रहेका छन् भने ९ हजार ५ सय ६ मत प्राप्त गरि काँग्रेसका रामदेव साह तेश्रो स्थानमा रहेका छन् ।
त्यस्तै क्षेत्र नं. ४ मा काँग्रेसका तेजुलाल चौधरीले ५ हजार ९ सय ३८ मत प्राप्त गरि अग्र स्थानमा, राजपाका मृगेन्द्र कुमार सिंह यादव ३ हजार ९ सय १४ मत प्राप्त गरि दोश्रे र ३ हजार ४ सय ७८ मत प्राप्त गरि एमालेका मो. इस्लाम तेश्रो स्थानमा रहेका छन् ।
त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा १ मा मतगणना जारि रहेको छ भने क्षेत्र नं. ३ को प्रदेश सभा १ मा राजपाका दिनेश यादवले ८ हजार ३ सय ३१, काँग्रेसका मो. समिमले ७ हजार ६ सय ४५ र एमालेका महेश चौधरीले २ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।
त्यसैगरि क्षेत्र नं. ४ को प्रदेश सभा १ मा एमालेका गोबिन्द न्यौपाने ९ हजार ९ सय ४७, काँग्रेसका सिताराम साह ६ हजार १ सय ६७, फोरमका बिनोद चौधरीले १ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा २ मा फोरमका अभिषेक यादवले ८ हजार २ सय ४२, काँग्रेसका विवेकानन्द झाले ५ हजार ३ सय ९९ र माओवादी केन्द्रका शशी यादवले ३ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ