News Category 2074/08/24
मतगणना जारि, क्षेत्र नं. १ मा फोरम र ४ मा काँग्रेस अगाडी
राजविराज÷बिहीबार सम्पन्न निर्वाचन पश्चात् शुक्रबार २ बजेदेखी सप्तरीको प्रतिनिधि र प्रदेशसभा क्षेत्रका मतगणना शनिबार पनि जारि रहेको छ ।
जिल्लाको चार प्रतिनिधि र आठ प्रदेशसभा क्षेत्रको मतगणना एकै साथ सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा चार वटै निर्वाचन क्षेत्र र ८ वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु भएको हो ।
यता जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ र ४ को मतगणना जारि रहेको छ । प्राप्त मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं. १ मा फोरमका उम्मेदवार डा. सूर्य नाराण यादव र ४ मा काँग्रेसका उम्मेदवार तेजुलाल चौधरी अगाडी रहेका छन् ।
शनिबार राती १२ बजे सम्म प्राप्त मतपरिणाम अनुसार क्षेत्र नं. १ मा फोरम नेपालका उम्मेदवार डा. सूर्य नारायण यादवले १४ हजार ७ सय २२ मत गरि अग्रस्थानमा रहेका छन् । त्यस्तै माओवादी केन्द्रका अशोक कुमार मण्डलले १० हजार ४ सय ६२ मत प्राप्त गरि दोश्रो स्थानमा रहेका छन् भने ९ हजार ५ सय ६ मत प्राप्त गरि काँग्रेसका रामदेव साह तेश्रो स्थानमा रहेका छन् ।
त्यस्तै क्षेत्र नं. ४ मा काँग्रेसका तेजुलाल चौधरीले ५ हजार ९ सय ३८ मत प्राप्त गरि अग्र स्थानमा, राजपाका मृगेन्द्र कुमार सिंह यादव ३ हजार ९ सय १४ मत प्राप्त गरि दोश्रे र ३ हजार ४ सय ७८ मत प्राप्त गरि एमालेका मो. इस्लाम तेश्रो स्थानमा रहेका छन् ।
त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा १ मा मतगणना जारि रहेको छ भने क्षेत्र नं. ३ को प्रदेश सभा १ मा राजपाका दिनेश यादवले ८ हजार ३ सय ३१, काँग्रेसका मो. समिमले ७ हजार ६ सय ४५ र एमालेका महेश चौधरीले २ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।
त्यसैगरि क्षेत्र नं. ४ को प्रदेश सभा १ मा एमालेका गोबिन्द न्यौपाने ९ हजार ९ सय ४७, काँग्रेसका सिताराम साह ६ हजार १ सय ६७, फोरमका बिनोद चौधरीले १ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा २ मा फोरमका अभिषेक यादवले ८ हजार २ सय ४२, काँग्रेसका विवेकानन्द झाले ५ हजार ३ सय ९९ र माओवादी केन्द्रका शशी यादवले ३ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ