News Category 2074/08/26
विभिन्न स्थानमा भएको आगलागिमा १४ लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार आगलागि हुदा करिब बीस लाख मुल्य बराबरको क्षति भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका ५ स्थित बसबिट्टीमा आगलागि हुदा १४ लाख मुल्यबराबरको क्षति भएको बताइएको छ ।
स्थानिय लक्ष्मण यादबको घर छेउमा फालेको खरानीको झिल्कोबाट अंचानक सल्केको आगोले निजको दुई वटा घर र लत्ताकपडा, भाँडावर्तन, नगद २ लाख, सुन, चाँदी तथा गरगहना गरी करीव १४ लाख मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यस्तै सप्तरीको महदेवा गाउँपालिकामा आगलागी हुदा स्थानिय दिनेश यादव र रघु यादवको एक एक वटा घर जलेको छ । सो आगलागीबाट नगद जिन्सी र धनमाल गरि ३ लाख मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीमा आगलागी हुदा कपिलदेब राम र ईनरदेब रामको घर जलेको छ । सो आगलागीमा परि उनीहरुको घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करीब ३ लाख मुल्य बरावरको क्षति भएको पीडितले बताएका छन् ।
आगोलाई स्थानियबासी प्रहरी र राजविराजबाट गएको बरुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ