News Category 2070/08/22
बस र म्याजिक ठोकिदा“ एकको मृत्यु, दुई घाइते
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको मोहनपुर सडक खण्डमा शुक्रबार विहान यात्रुबाहक बस र म्याजिक ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना. ४ ख ८१४६ नम्बरको शिबपार्वति ट्राभल्सको बस र पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज ३३०७ नम्बरको म्याजिक बस विहान एक आपसमा ठोकिदा म्याजिक चालक सप्तरीको शम्भुनाथ गाविस–१ निवासी ३५ बर्षीय राजदेव पालको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका चालक पालको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीका प्रमुख प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा परि गम्भीर घाईते भएका बसमा सवार राजविराज नगरपालिका–४ निवासी ५४ बर्षीय प्रदीप सतारको सप्तरीको नकटीरायपुरस्थित युनिक अस्पतालमा र धादिङ बैरेनी गाविस–२ निवासी लक्ष्मी खतिवडाको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ