News Category 2070/08/22
बस र म्याजिक ठोकिदा“ एकको मृत्यु, दुई घाइते
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको मोहनपुर सडक खण्डमा शुक्रबार विहान यात्रुबाहक बस र म्याजिक ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना. ४ ख ८१४६ नम्बरको शिबपार्वति ट्राभल्सको बस र पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज ३३०७ नम्बरको म्याजिक बस विहान एक आपसमा ठोकिदा म्याजिक चालक सप्तरीको शम्भुनाथ गाविस–१ निवासी ३५ बर्षीय राजदेव पालको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका चालक पालको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीका प्रमुख प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा परि गम्भीर घाईते भएका बसमा सवार राजविराज नगरपालिका–४ निवासी ५४ बर्षीय प्रदीप सतारको सप्तरीको नकटीरायपुरस्थित युनिक अस्पतालमा र धादिङ बैरेनी गाविस–२ निवासी लक्ष्मी खतिवडाको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ