News Category 2074/08/27
मधेशी जनताको जनमत संविधान संशोधनका लागि ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी प्रतिनिधि सभा २ बाट निर्वाचित सदस्य उपेन्द्र यादवले मधेशी जनताले दिलाएको जनमतले संविधान संशोधन गर्नेु पर्ने संकेत देखाएको बताएका छन् ।
फोरम राजपा मधेश गठबन्धनले सप्तरीको अत्याधिक क्षेत्रमा बिजयी भएपछि मंगलबार राजविराजमा निकालिएको बिजयी जुलुस पश्चात् आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका छन् ।
उनले मधेशी जनताको जनमतलाई कदर गर्दै संविधान संशोधन नभएसम्म राष्ट्रको समस्या समाधान नहुने जिकिर गर्दै मधेशी जनतामाथी बुलेट बर्साएर नरसंहार गर्नेहरुलाई मधेशी जनताले ब्यालेटको मार्फत जवाफ दिएको उल्लेख गरे ।
मधेशप्रति पूर्वाग्राही भएर नेपालमा मधेश नै छैन् भन्ने व्यक्तिहरुलाई मधेशी जनताले यस पटक ब्यालेट मार्फत जवाफ दिएर मुलुकमा मधेश र मधेशी जनता छन् भन्ने कुराको पुष्टि गरेको बताए ।
अध्यक्ष यादवले मधेशलाई पछाडी पार्न राजय सत्ताले कुनै कसर बाँकी नराखेको आरोप लगाउँदै ७स्मधेशका जनताले अन्य क्षेत्र भन्दा बढी गरिबी जिवन बिताउन बाध्य भएको बताए ।
यस्तै अध्यक्ष यादवले २ नम्बर प्रदेश अब “मधेश प्रदेश” बन्ने भन्दै मधेश प्रदेश बन्न अब कसैले रोक्न नसक्ने दाबी समेत गरे । उनले अब बन्ने मधेश प्रदेश समृद्व र शक्तिशाली बनाउने उद्घोष गरे ।
यसैगरि विजयी जुलुसलाई सम्बोधन गर्दै राजपा महासचिव एवं क्षेत्र नं. २ को प्रदेशसभा २ बाट निर्वाचित सदस्य मनिष कुमार सुमनले अब प्रत्यक्ष रुपमा जनताको सेवा गर्ने मौका पाएकोप्रति सम्पूर्ण मतदतालाई धन्यवाद व्यक्त गरे । उनले स्वस्थ्य प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीलाई धन्यवाद दिदैं अबको दिनमा काँधमा काँध मिलाएर अघि बढ्न आग्रह समेत गरे ।
यसअघि राजविराजस्थित राजरंगशालाबाट निकालिएको बिजयी जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय गजेन्द्र चौकमा सभामा परिणत भएको थियो । यस्तै सो जुलुसमा जिल्लाका विभिन्न प्रतिनिधि सभा क्षेत्र र प्रदेशसभा क्षेत्रबाट निर्वाचित सदस्यहरुको समेत सहभागिता रहेको थियो । सभा पश्चात् जुलुस जिल्लाको विभिन्न भागको परिक्रमा गरेको थियो ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदशेसभाको निर्वाचनमा मधेश गठबन्धनले सप्तरीको तीन प्रतिनिधिसभा क्षेत्र र पाँच प्रदेशसभा क्षेत्रमा बिजयी हासिल गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ