News Category 2074/08/27
खुल्ला दिसा मुक्त अभियानलाई तिब्रता दिदै संस्थाहरु
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
सनु २०१७ को डिसेम्बरसम्ममा सप्तरीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई विभिन्न संस्थाहरुले तिब्रता दिएका छन् ।
जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानलाई सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, सबल नेपाल, पिआरडिसी, वेल, केभिएस, जिल्ला समन्वय समिति, खानेपानी, एमसिडिसी, हुकोडेक, सेभ द सप्तरी लगायत एक दर्जन संस्थाहरु लागि परेका छन् ।
नेपाल सरकारको अभियान अनुरुप यही डिसेम्बरसम्ममा मुलुकलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेको छ । जस अन्तरगत अहिले सप्तरीमा साविकको ५२ गाविस र एक नगरपालिका खुल्ला दिसा मुक्त भइसकेको छ ।
हालसम्म जिल्लाको १ लाख १९ हजार ६ सय १८ घरधुरी मध्ये १ लाख ६ हजार २ सय ४२ घरधुरीमा चर्पी बनिसकेको डिवासीसी सचिवालयका कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले जानकारी दिएका छन् । उनले अब १३ हजार ३ सय ७६ घरधुरीमा चर्पी बनाउन मात्र बाँकी रहेको जानकारी दिदै सो कार्य तिब्र रुपमा भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ