News Category 2074/09/04
मानवबस्ती नजिकै कारागारको फोहर ! सुकुम्बासीहरु ऋण काँढेर चर्पी निर्माण गर्दै
नवीनकुमार गुप्ता
राजविराज, ३ पुस ।
डिसेम्बर २०१७ सम्म नेपाललाई खुल्ला दिसा मुक्त घोषणा अभियान चलिरहँदा सप्तरीमा भन्ने यस अभियानले तिब्र गति लिइरहेको छ ।
जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानलाई सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, सबल नेपाल, पिआरडिसी, वेल, केभिएस, जिल्ला समन्वय समिति, खानेपानी, एमसिडिसी, हुकोडेक, सेभ द सप्तरी लगायत एक दर्जन संस्थाहरु लागि परेका छन् ।
यस्तै सदरमुकाम राजविराज नगरपालिकामा हालको १ देखी ८ वडालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान तिब्र रुपमा चलिरहेको छ । यस अभियानकालागि सहजिकरण गरिरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालले मंसिर ६ गतेदेखी चर्पी निर्माणकालागि घरदैलो कार्यक्रम सकस्ञ्चालन गरेको छ ।
संस्थाका कार्यक्रम संयोजक राजेन्द्र यादवका अनुसार राजविराज वडा नं. ६ मा १ हजार १ सय ७२ घरधुरी मध्ये ९ सय ३१ घरधुरीमा पहिले नै चर्पी निर्माण भइसकेको छ । “पछिल्लो पटक कार्यक्रम लागु भएपछि बाँकी रहेका २ सय ४१ मध्ये १ सय ३ घरमा चर्पी निर्माण भएको छ”, उनले भने, “३५ सामुहिक घरकालागि ९ वटा सामुहिक चर्पी निर्माण भएको छ, बाँकी रहेको १ सय ३ घरधुरीमा चर्पी निर्माणको क्रममा छ ।”
यता सो वडामा रहेको राजविराज कारागारबाट असुरक्षितढंगले शौचालयको सम्पूर्ण शौच र फोहर दुर्गन्धित पानी मानवबस्ती नजिकै ऐलानी जग्गामा बहाव गरेकाले उक्त बस्ती नै दुर्गन्धित बन्न पुगेको छ । स्थानीय बद्री मेहतरले बारम्बार कारागार प्रशासन र जिल्ला प्रशासन कार्यालयमा आग्रह समेत गर्दा शौच र फोहर पानी फँयाक्ने काम नरोकेको गुनासो गरे ।
वडा नं. ६ अन्तरगत जेलघाट क्षेत्रमा अधिकांशको घर ऐलानी जग्गामा रहेको छ । उनीहरु सुकुम्बासी जीवन बिताइरहेको हुँदा नगरपालिकाबाट दिईने चर्पीको अनुदान समेत पाउनबाट विगतमा बञ्चित भएका थिए । बि.सं. २०६८ सालमा राजविराज नगरपालिकाले लालपुर्जा भएका घरधुरीलाई मात्र चर्पी निर्माणकालागि अनुदान दिने व्यवस्था गरेको हुँदा ती क्षेत्रका सुकुम्बासीहरु चर्पी निर्माण गर्न सकेका छैनन् । तर, अहिले खुल्ला दिसा मुक्त अभियान तिब्र रुपमा चलिरहँदा सुकुम्बासी जीवन बिताइरहेकी ६० वर्षिया लिलादेवी सरवरियाले भनिन्, “दशकौंदेखी यही जग्गामा घर बनाएर बसिरहेको छु, दुई छोरा रहँदा पनि कुनै छोरा घरमा छैनन्, पहिला बिडी बनाएर जीवन गुजारा गरिरहेको थिए, तर अहिले बिडी बनाउने कार्य पनि छैन्, अरुको घरमा भाडा मस्काएर जीवन चलाईरहेको बेला कसरी शौचालय बनाउने ?” प्रश्न गर्दै उनी भन्छिन्, “अहिले दिनको एक सय रुपैयाँ पनि कमाउन ग्राहे भएको छ, शौच गर्न सरकारी शौचालयमा जाने गर्छु, कहिले पाँच रुँपैया दिन्छु, चिनजान भएको हुँदा कहिले पैसा नभएको बेला सित्तैमा पनि शौच गर्छु ।”
यता लिलादेवीको भन्दा फरक विचार राख्ने सोही स्थानमा ऐलानी जग्गामा घर बनाएर बसेका बिरेन्द्र मरिक भन्छन्, “अभियानकै क्रममा १० हजार ऋण त्यो पनि मासिक २० प्रतिशत ब्याजदरमा लिएर चर्पी निर्माण गरिरहेको छु, मात्र अब छाना लगाउन बाँकी छ, तर ऋण कसरी चुक्ता गर्ने भनी चिन्ता छदैछ ।” बिरेन्द्र मरिकको परिवारमा १० जना सदस्यहरु छन् । परिवारका सबै सदस्य बाँसको ढक्की बनाउन दिनभरी व्यस्त रहन्छन् । तर, बनाएको ढक्की सधै बिक्री नहुँदा घर परिवार चलाउने चिन्ता छँदैछ, त्यसमा पनि ब्याजको रकम तिर्ने चिन्ता थपिएको छ ।
नेपाल सरकारको अभियान अनुरुप यही डिसेम्बरसम्ममा मुलुकलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेको बेला अहिले सप्तरीमा साविकको ५२ गाविस र एक नगरपालिका खुल्ला दिसा मुक्त भइसकेको छ ।
हालसम्म जिल्लाको १ लाख १९ हजार ६ सय १८ घरधुरी मध्ये १ लाख ६ हजार २ सय ४२ घरधुरीमा चर्पी बनिसकेको डिवासीसी सचिवालयका कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले जानकारी दिएका छन् । उनले अब १३ हजार ३ सय ७६ घरधुरीमा चर्पी बनाउन मात्र बाँकी रहेको जानकारी दिदै सो कार्य तिब्र रुपमा भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ