News Category 2074/09/04
सप्तरीमा समानुपातिकतर्फ राजपा पहिलो
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार सप्तरी जिल्लामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पहिलो स्थान हासिल गरेको छ । त्यस्तै दोश्रो र तेश्रो स्थानमा क्रमशः नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपाल रहेको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ ।
राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५ सय ९९ र प्रदेशसभातर्फ ४२ हजार ६ सय मत प्राप्त गरेको छ । यस्तै नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३ सय १ र प्रदेशसभातर्फ ३८ हजार ७ सय ३३ मत प्राप्त गरेको छ ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभातर्फ ३२ हजार ४ सय ९० र प्रदेशसभातर्फ ३० हजार २ सय ३८ मत प्राप्त गरी तेश्रो स्थानमा रहेको छ ।
३० हजार ५ सय २५ मत प्रतिनिधिसभातर्फ प्राप्त गरी नेकपा (एमाले) चौथो पार्टी बनेको छ भने एमालेले प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरेको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभातर्फ १८ हजार ८ सय २० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ