News Category 2074/09/05
“खुल्ला दिसा मुक्त अभियानले पायो तिब्रता” नगरको सार्वजनिक स्थानमै दिसा पिसाब गर्ने कार्य रोकिएन्
नवीनकुमार गुप्ता
राजविराज, ४ पुस ।
अबको १२ दिनमा मुलुकका सम्पूर्ण जिल्ला खुल्ला दिसा मुक्त घोषणा हुदैछ । नेपाल सरकारले लिएको लक्ष्य अनुसार सन् २०१७ को डिसेम्बरसम्ममा सबै जिल्ला खुल्ला दिसा मुक्त भइसक्नु पर्नेछ । यही लक्ष्य लिएर अहिले सप्तरीमा खुल्ला दिसा मुक्त अभियानले तिब्रता लिएको छ ।
अहिले दिनहुँ जसो जिल्ला सदरमुकाम राजविराजसहित विभिन्न स्थानहरुमा विभिन्न संघसंस्था तथा जिम्मेवार निकाय खुल्ला दिसा मुक्त अभियानलाई सफल पार्न लागिपरेका छन् ।
यता सप्तरी जिल्लमा ५२ वटा साविकका गाविस र एक नगरपालिकामा खुल्ला दिसा मुक्त घोषणा भइसकेको छ भने १० वटा साविकका गाविसको अनुगमन प्रमाणिकारण भइसकेको छ । जसमा हालसम्म जिल्लाको १ लाख १९ हजार ६ सय १८ घरधुरी मध्ये १ लाख ६ हजार २ सय ४२ घरधुरीमा चर्पी बनिसकेको छ । अब १३ हजार ३ सय ७६ घरधुरीमा चर्पी बनाउन मात्र बाँकी रहेको डिवासीसी सचिवालयका कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले जानकारी दिएका छन् ।
यसरी हेर्दा अब बाँकी रहेको १२ दिनमा जिल्लाका सम्पूर्ण स्थानहरुलाई खुल्ला दिसा मुक्त घोषणा गर्नु फलामको च्यूरा चपाए जस्तै हो । तर, पनि संघसंस्थाहरु यस अभियानलाई चुनौतीको रुपमा लिएर सफल पार्न दिनरात लागिपर्नु एउटा सकारात्मक पक्ष हो ।
अबको केही दिनपछि मुलुक नै खुल्ला दिसा मुक्त घोषणा हुने तरखर रहेको बेला सप्तरी सदरमुकाम राजविराजमा हालसम्म एउटा पनि सार्वजनिक शौचालय नियमित रुपमा संचालन हुन सकेको छैन् । राजविराज नगरपालिकाको अधिनमा नगर क्षेत्र भित्र रहेका पाँच वटा शौचालय मध्ये तीन वटा सरकारी कार्यालय खुल्ने र बन्द हुने समयमा मात्र संचालन हुने गरेको पाइएको छ ।
नगरपालिकाको दक्षिणतर्फ, जिल्ला खेलकुद विकास कार्यालयको पक्षिमतर्फ, जिल्ला अदालतको अगाडीमा निर्माण भएको शौचालयहरु बिहान १० बजे संचालन भएर दिउँसो ४ बजे नै बन्द हुने गरेको छ । सदरमुकाम जस्तो स्थानमा रहेका सार्वजनिक शौचालय यसरी कार्यालय समयमा मात्र खुल्ने र बन्द हुने कारणले अन्य समयमा बटुवाहरु सार्वजनिक नाला तथा स्थानहरुमा दिसा पिसाब गर्ने गरेका छन् । यती मात्र नभएर अधिकांश पसल, सटरहरु भाडामा रहेका हुँदा घरपट्टीले शौचालयको सुविधा नदिँदा पसल संचालक तथा ग्राहकहरु सार्वजनिक स्थानमै दिसा पिसाब गर्ने गरेको प्रसस्त देख्न सकिन्छ ।
यति हुँदा समेत नगरपालिकाले सार्वजनिक स्थानमा गर्ने गरिएको दिसा पिसाब बारे ध्यान दिन सकेको छैन् । यस्तै राजविराज हटिया नेपालकै नमूना हटिया बजारको रुपमा रहेको छ । तर, उक्त हटियामा एउटा पनि शौचालयको व्यवस्था छैन् । हटियाको पक्षिमतर्फ माछा हाट लाग्ने स्थानमा एउटा सार्वजनिक शौचालय बनाइएको छ तर, त्यो शौचालयको अवस्था अहिले बेहाल छ । त्यहाँ दिसा पिसाब गर्न जाँदा मुख छोपेर मात्र जान सकिन्छ । नगरपालिकाले नगर क्षेत्र भित्र निर्माण गरेको पाँच वटा शौचालय निशुल्क नभएर सशुल्क रुपमा संचालनमा रहेको छ । ती शौचालयहरु वार्षिक रुपमा ठेक्कामा लगाइएको छ । जसबाट नगरपालिकाले वर्षेणी लाखौं आम्दानी प्राप्त गर्नेगरेको छ ।
यस्तै नगरको अति व्यस्त मानिने गजेन्द्र चौक र नेता चौक वरिपरि एउटा पनि शौचालय छैन् । सो क्षेत्र वरिपरि रहेका सार्वजनिक स्थान र नालाहरुमा बटुवाहरुले दिउँसो दिसा पिसाब गर्ने गरेको देख्न पाइन्छ । नगरको विभिन्न गल्लिहरुमा जताततै पर्खालको कुनामा दिसा पिसाब गरेको देखिनाले समेत नगरपालिकाको ध्यान जान सकेको छैन् ।
यसर्थमा नगरभित्रै हालसम्म खुल्ला दिसा पिसाब गर्ने गरिएको दिनचर्यालाई व्यवस्थित गर्न नसक्नु र खुल्ला दिसा मुक्त अभियान संचालन गरेर के यस्ता गतिविधिलाई कागजमै सीमित राख्ने कार्य भन्नु पर्दा न्योचित हुन्छ की हुँदैन् ! यस विषयलाई नगरपालिकाले अहिलेको प्रमुख एजेण्डको रुपमा लिनुपर्ने देखिन्छ ।
तसर्थ नगर भित्रको समस्यालाई व्यवस्थित गर्नतर्फ नगरपालिका सक्रिय हुनु आवश्यक छ होइन् भने यो खुल्ला दिसा मुक्त अभियान एउटा अभियान कै रुपमा संचालन भई समाप्त हुने र समस्या ज्यूँ को त्युँ रहने कुरामा शंका नगरे पनि हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ