News Category 2074/09/06
प्रदेश सभा सदस्यद्वयसहित तीन जना सम्मानित
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
राजविराजस्थित चित्रगुप्त सेवा समितिले प्रतिनिधि सभा क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य सहित तिन जनालाई बुधबार सम्मान गरेको छ ।
चित्रगुप्त सेवा समितिको भवनमा आयोजित सम्मान कार्यक्रममा २ नं. क्षेत्र प्रदेश सभा १ बाट निर्वाचित सदस्य शैलेन्द्र प्रसाद साह र २ बाट निर्वाचित सदस्य एवं राजपा नेपालका महासचिव मनिष कुमार सुमन र राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवलाई दोसल्ला ओढाएर फुल मालासहित सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य मनिषकुमार सुमनले २ नं. प्रदेश अपुरो र अधुरो रहेकोले यसको विकासका लागि आवश्यक पहल गर्ने जिकिर गरे । उनले बताउँदै राजविराज नगरपालिकासँग समन्वय गरेर जिल्लाको विकासलाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै प्रदेशसभाका अर्का सदस्य शैलेन्द्र प्रसाद साहले आन्दोलनकै क्रममा निर्वाचन भएको र आन्दोलनकै क्रममा प्रदेशलाई व्यवस्थित गर्ने जमर्को रहेको भन्दै अब २ नं. प्रदेशलाई एउटा विकसित प्रदेशमा स्थापित गरि पुनः आन्दोलन गर्नुपरेमा पछाडी नपर्ने बताए ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कर्णको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा समितिका पूर्व अध्यक्ष राम कुष्ण दास, राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, नेपाल पत्रकार महासघ उपाध्यक्ष श्यामसुन्दर यादव, राजविराजका मेयर शम्भु प्रसाद यादवले शुभकामना मतब्य दिएका थिए भने उपाध्यक्ष हरिमोहन लाल कर्णले शुभकामना र महासचिव सतिश दत्तले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ