News Category 2074/09/08
समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक
दैनिक समाचारदाता
काठमाडौं, ७ पुस ।
निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादीले ३५, संघीय समाजवादी फोरम नेपालले १३ र राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।
यसैगरि प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् ।
प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।
प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।
प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् ।
प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट जितेका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।
प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । सो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ ।
प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८र८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ